जापानको फुजिसावामा प्रस्तावित मस्जिद निर्माण रोक्न ३० हजार हस्ताक्षर संकलन

जापानको फुजिसावामा प्रस्तावित मस्जिद निर्माण रोक्न ३० हजार हस्ताक्षर संकलन


  • विशेष प्रतिनिधि, जापान

जापानको फुजिसावामा क्षेत्रमा प्रस्तावित मस्जिद निर्माण रोक्न स्थानीय बासिन्दाले करिब ३० हजार हस्ताक्षर संकलन गरेका छन् । यस विषयले अहिले क्षेत्रभरि ब्यापक विवाद सिर्जना गरेको छ ।

स्थानीय बासिन्दाहरूले समुदाय-हलमा भेला भइ मस्जिद निर्माणको विरोध गरेका छन् । उनीहरूले “क्षेत्रीय सुरक्षा, शान्ति र जीवनस्तर” प्रभावित हुने भन्दै चिन्ता व्यक्त गरेका हुन् । दाहसंस्कार प्रक्रिया, शव व्यवस्थापन, ट्राफिक समस्या र मस्जिदबाट प्रवाहित हुने आवाजजस्ता विषयमा पनि स्पष्टता माग गरिएको छ ।

यसैबीच, जापानमा मुस्लिम जनसंख्या पछिल्ला वर्षमा तीव्र रूपमा बढेको देखिन्छ, जसअनुसार करिब १ लाख १० हजारबाट बढेर ४ लाख २० हजार पुगेको तथ्यांक छ ।

जापानमा मस्जिदहरूको संख्या पनि ५० बाट बढेर १६४ पुगेको बताइएको छ ।

फुजिसावामा भएको बैठकमा तनाव बढेपछि प्रहरीले समेत हस्तक्षेप गर्नुपरेको थियो ।

टोकियो र फुकुओका जस्ता ठाउँहरूमा पनि यस्तै विवाद देखिएको छ।

यस घटनाले जापानमा धार्मिक सहअस्तित्व र आप्रवासनबारे ठूलो बहस सुरु गरेको छ।