कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार


नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार (२१ वैशाख) बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सोमबार दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा बैठक बस्न लागेको हो ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने बताइएको छ ।