नेपालकै अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजी (CG) ले आफ्नो प्रिमियम श्रेणी ‘सीजी मेरिडिया’ अन्तर्गत आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस (SDA) पोर्टफोलियोमा बजारमा ल्याएको नेपालकै पहिलो AI-सञ्चालित स्मार्ट एयर फ्रायर (Model: CGMRAF8LAI) ले ६ महिनाको छोटो अवधिमै नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ । विशेष गरी हाल देशभर भइरहेको बेमौसमी वर्षा र र ओसिलो मौसमको समयमा तात्तातो र स्वास्थ्यवर्धक परिकारका लागि यो स्मार्ट एयर फ्रायर एक अनिवार्य आवश्यकता साबित भएको छ।
किन रोज्ने त सीजी मेरिडिया AI एयर फ्रायर ?
बजारमा अन्य विकल्पहरू हुँदाहुँदै पनि उपभोक्ताहरूले यसैलाई रोज्नुका मुख्य कारणहरू निम्न छन्-
- नेपालकै पहिलो AI प्रविधि : यसमा भएको आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनल क्यामेराले खानाको प्रकार र तौल आफैं चिनिदिन्छ। तपाईँले सेटिङ मिलाइरहनु पर्दैन, यसले आफैं पर्फेक्ट तापक्रम र समय निर्धारण गर्छ , जसले तपाईँको बहुमूल्य समयको बचत गराउँछ।
- स्मार्ट नियन्त्रण (IoT) : घरको काममा व्यस्त हुँदा वा अन्य कोठामा बसेरै पनि CG Smart Home App मार्फत मोबाइलबाटै खाना पकाउन र निगरानी गर्न सकिन्छ।
- ८ लिटरको विशाल क्षमता : मध्यम र ठूला नेपाली परिवारका लागि एकैपटक पर्याप्त मात्रामा परिकार तयार पार्न सकिने सुविधा।
- स्मार्ट ‘स्प्रे’ प्रविधि : ‘वाटर स्प्रे’ फङ्सनले खानालाई सुक्खा हुन नदिई बाहिर कुरकुरे र भित्र रसिलो (Juicy) बनाउँछ।
- ९० % सम्म कम तेल : स्वास्थ्यप्रति सचेत व्यक्तिका लागि तेलको न्यूनतम प्रयोगमा पनि तारेको जस्तै स्वादिलो अनुभव।
झरी र ओसिलो मौसमको उत्तम सहयात्री
बाहिर पानी परिरहेको र चिसो बढेको समयमा तात्तातो र स्वास्थ्यवर्धक खाजाको चाहनालाई यसले केही मिनेटमै पूरा गर्छ । २५ वटा स्वचालित मेनुले गर्दा समोसा, चिकेन रोस्ट, फ्रेन्च फ्राइज वा केक – जुनसुकै परिकार पनि व्यावसायिक स्वादमा तयार हुन्छन् ।
मुख्य प्राविधिक विशेषताहरू
- पारदर्शी झ्याल (See-Through Window) : पकाउने प्रक्रियालाई बाहिरबाटै सजिलै नियाल्न सकिने ।
- १८०० वाटको शक्तिशाली कन्भेक्सन हिटिङ मेकानिजम (Convection Heating Mechanism) : यसले तातो हावालाई तीव्र गतिमा प्रवाह गराई खाना छिटो र समान रूपमा पकाउँछ, जसले भान्साको समय बचाउनुका साथै परिकारको वास्तविक स्वाद र पोषण सुरक्षित राख्छ ।
- ऱ्यापिड एयर फ्लो : सबै दिशाबाट समान रूपमा पकाउने र पोषण जोगाउने प्रविधि।
पहुँच र भरोसा : देशभर उपलब्ध
सीजी मेरिडिया स्मार्ट एयर फ्रायर देशभर रहेका २८ वटा अत्याधुनिक शोरुमहरू (सिजी डिजिटल र एलजी शपी), विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com.np मार्फत ग्राहक वर्गहरूले यी उपकरणहरू सहज र सुलभ तरिकाले खरिद गर्न सक्नेछन् । अझ महत्त्वपूर्ण कुरा, ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट सेवा र प्राविधिक सहयोग सुनिश्चित गरिएको छ ।
‘६ महिनाको अवधिमा हामीले पाएको उत्साहजनक प्रतिक्रियाले यो प्रमाणित गरेको छ कि नेपाली उपभोक्ताहरू प्रविधि र स्वास्थ्यप्रति निकै सचेत छन्’- सिजी इलेक्ट्रोनिक्सका एक अधिकारीले बताए । ‘Experience Life with CG’ को नारालाई सार्थक बनाउँदै सीजीले आगामी दिनमा पनि उपभोक्ताको बदलिँदो आवश्यकतालाई प्राथमिकता दिँदै नवीन प्रविधिहरू ल्याइरहने प्रतिबद्धता व्यक्त गर्दछ ।
advertorial
प्रतिक्रिया