‘क’ वर्गका ठेकेदारसमेत रहेका कांग्रेस नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर एवम् कार्यालयमामा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । नेपाली कांग्रेसका बागमती प्रदेश सभापतिको जिम्मेवारीमा समेत रहेका बानियाँले अवैध सम्पत्ति आर्जन गरी लुकाएको आशंकामा विभागले अनुसन्धान थालेको जनाइएको छ ।
विभाग सुत्रले जानकारी दिएअनुसार काठमाडौंको सुन्धारामा रहेको कार्यालय, ललितपुरको हात्तीवनस्थित घर र हेटौंडास्थित कार्यालय एवम् घरमा छापा मारिएको हो । स्रोतका अनुसार केही महत्त्वपूर्ण कागजात विभागको टोलीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया