संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी


राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार (२२ वैशाख) उहाँले उक्त अध्यादेश जारी गर्नुभएको हो ।