निर्माणाधीन संविधानकाे प्रारम्भिक मस्याैदामा सुझाव प्रतिक्रियाबारे दूतावासकाे सूचना

निर्माणाधीन संविधानकाे प्रारम्भिक मस्याैदामा सुझाव प्रतिक्रियाबारे दूतावासकाे सूचना


pr-embassyलन्डन । संविधान सभाकाे नागरिक सम्वन्ध तथा संविधान समितिले नेपालकाे संविधान २०७२ काे निर्माणाधीन प्रारम्भिक मस्याैदा प्रचारप्रसार र साेबारे नेपाली नागरिकहरूकाे सुझाव संकलनकाे काम २०७२ असार २४ गतेदेखि शुरू भइसकेकाे व्यहाेरा सम्वन्धित सबैकाे जानकारीका लागि नेपाल सरकारले, बेलायतस्थित नेपाली दूतावासमार्फत अनुराेध गरेकाे प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे छ । नेपालकाे संविधान २०७२ काे प्रारम्भिक मस्याैदामा नेपाल सरकारले विदेशमा बसेका सबै नेपाली नागरिक, बुद्धीजिवी, पत्रकार, विद्यार्थीहरूले अाफ्नाे सुझाव पेश गर्न पाउने व्यवस्था गरेकाे छ । साेही कार्यकाे लागि सरकारले बेलायत तथा यस राजदूतावास सहप्रमाणिकरण भएकाे मुलुक अायरल्याण्ड र यस दूतावासबाट हेरिने मुलुकहरू अाइसल्याण्ड र माल्टामा रहेका नेपाली नागरिकहरूले व्यक्तिगत रूपमा अाफ्नाे सुझाव वा प्रतिक्रिया पेश गर्न सकिने व्यवस्था गरिएकाे उक्त प्रेस विज्ञप्तिमा उल्लेख छ, जसकाे लागि www.can.gov.np/draft वा www.parliament.gov.np गएर अनलाइन वा [email protected][email protected] मा इमेलमार्फत यही २०७२ साल साउन ५ गते तदनुसार २१ जुलार्इ २०१५ भित्र पठाइसक्नु पर्ने बताइएकाे छ ।
माथि बताइएकाे कार्यमा नेपाली नागरिक, गैरअावासीय नेपाली संघ बेलायत तथा अायरल्याण्डलगायत नेपाली समुदायका सम्पूर्ण संघसंस्थाहरू, बुद्धीजिवी, विद्यार्थी तथा पत्रकार महासंघ यूकेले विभिन्न संचारमाध्यममार्फत व्यापक प्रचारप्रसार गरी सुझाव/प्रतिक्रियाहरू www.can.gov.np/draft मार्फत अनलाइन वा माथि उल्लेखित इमेलहरू या दूतावासकाे इमेल [email protected] तथा [email protected] अथवा फ्याक्स नं ००४४ २० ७७९२९६८६१ मा र हुलाकमार्फत सुझाव/प्रतिक्रिया पठाउँदा नाम, ठेगाना, उमेर, लिंगसहित २० जुलार्इ २०१५ सम्ममा पठाउन सकिने व्यवस्था गरिएकाे छ ।