कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा भेला गर्ने

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा भेला गर्ने


नेपाली कांग्रेसको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठकले ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गर्ने निर्णय गरेको छ ।

पार्टीका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा बुधबार (२३ वैशाख) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले भेलाको मिति र स्थानसमेत तय गरेको हो ।

पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्तिमार्फत जानकारी दिएअनुसार यही वैशाख २६ र २७ गते सुदूरपश्चिम प्रदेशको धनगढी, वैशाख २८ र २९ मा कर्णाली प्रदेशको सुर्खेत, वैशाख ३१ र जेठ १ गते गण्डकी प्रदेशका पोखरा, जेठ ४ र ५ गते बागमती प्रदेश धुलिखेल, जेठ ६ र ७ गते मधेस प्रदेशको बर्दिवास, जेठ ८ र ९ गते कोशी प्रदेशको लौकी, सुनसरी र जेठ १४ र १५ गते लुम्बिनी प्रदेशको तिलोत्तमा, रुपन्देही भेला हुनेछ ।

बैठकले प्रतिष्ठानका प्रमुखको प्रस्तावमा उपप्रमुखमा मधु आचार्यलाई चयन गरेको छ । प्रारम्भमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिष्ठानका प्रमुखलाई शपथ गराएका थिए । यसैगरी, प्रतिष्ठानका प्रमुख शर्माले नवनियुक्त सदस्यहरूलाई शपथ गराएका थिए ।