संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र साहको अध्यक्षतामा बिहीबार (२४ वैशाख) बसेको बैठकले शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । बैठकपछि सभामुख डोलप्रसाद अर्यालले भावी प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस भएको जानकारी दिएका छन् ।
परिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरी राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । नियुक्तिपछि शर्मा ३३औं प्रधानन्यायाधीश बन्नेछन् ।
प्रतिक्रिया