सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध


सुक्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज (२५ वैशाख) बिहानदेखि सडक अवरुद्ध भएको हो ।

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ ।

सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।