नारायणगढ-मुग्लिन सडक खुल्यो

नारायणगढ-मुग्लिन सडक खुल्यो


सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सञ्चालन भएको हो ।

इच्छाकामना गाउँपालिका-५ तुइन खोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।