नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापाले मेचेलाई सचेतकमा आज (२५ वैशाख) नियुक्त गरेका हुन् ।
२०३८ साल भदौ ८ गते जन्मिएकी रोशनी मेचे झापाको मेचीनगर–१२ की स्थायी बासिन्दा हुन् । अल्पसंख्यक मेचे समुदायको सशक्त आवाजको रूपमा चिनिने उनी विगत १०–१२ वर्षदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय छिन् । एमालेबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरेकी रोशनीले यसअघि तत्कालिक प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरेकी थिइन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट ओली बाहिरिएसँगै उनी पार्टीको गतिविधिमा सिमीत थिइन् ।
प्रतिक्रिया