व्यावसायिक मौरीपालन प्रवर्द्धनार्थ गजुरी गाउँपालिकाद्वारा कृषकलाई अनुदानमा मौरीघार

व्यावसायिक मौरीपालन प्रवर्द्धनार्थ गजुरी गाउँपालिकाद्वारा कृषकलाई अनुदानमा मौरीघार


  • विकाश रौनियार, धादिङ

धादिङको गजुरी गाउँपालिकाले कृषि व्यवसायीकरण र कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित व्यावसायिक मौरीपालन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाको कृषि शाखाद्वारा आयोजित कार्यक्रममा व्यावसायिक मौरीपालक कृषकहरूलाई अनुदानमा मौरी गोला, मौरीघार तथा आवश्यक उपकरण वितरण गरिएको हो ।

कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले मौरीपालन व्यवसाय ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्दैमौरीपालनबाट मह उत्पादन मात्र नभइ वातावरणीय सन्तुलन कायम राख्न, परागसेचनमार्फत कृषि उत्पादन वृद्धि गर्न तथा स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान पुग्ने बताए ।

Screenshot

अध्यक्ष श्रेष्ठले कृषि क्षेत्रमा आधुनिक र व्यावसायिक अभ्यासलाई प्रोत्साहन गर्दै कृषकलाई आत्मनिर्भर बनाउने नीतिअनुसार कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

कार्यक्रममा गजुरी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष तारानाथ भण्डारी, कृषि शाखा अधिकृत शर्मिला सुवेदी एवम् प्राविधिक अशोक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

गाउँपालिकाले यस्ता कार्यक्रममार्फत कृषकलाई कृषि पेशाप्रति आकर्षित गर्दै उत्पादन र आम्दानी वृद्धि गर्ने अपेक्षा गरेको जनाएको छ ।