रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आगामी चीन भ्रमणको तयारी लगभग सम्पन्न भएको र आधिकारिक मिति चाँडै घोषणा हुने अपेक्षा गरिएको रूसी समाचार एजेन्सी तासले क्रेमलिनलाई उदृत गर्दै जनाएको छ । पत्रकारहरु सँगको साक्षातकारमा बोल्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको तयारी अन्तिम चरणमा रहेको र मिति चाँडै घोषणा गरिने बताएका हुन् ।
पुटिनको आगामी चीन भ्रमण बारे गहन छलफल गरिएको रूसी समाचार एजेन्सी तासको टिप्पणी छ । यद्यपि, क्रेमलिनले पुटिनको भ्रमणको योजना र एजेन्डाको बारेमा थप विवरणहरू खुलासा गरेको छैन ।
यस अघि, मे ९ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत, चीन र अमेरिकालाई युक्रेन द्वन्द्वमा परिस्थिति जन्य सुचना प्रस्तुत गरेका थिए । जसमा दोस्रो विश्वयुद्धको सम्झनामा किएभसँग तीनदिने युद्धविरामको लागि मार्ग प्रशस्त गरेका थिए ।
प्रतिक्रिया