मुछेत्र गुरुङद्वारा एनआरएन यूकेको अध्यक्षमा उमेद्वारी घोषणा

मुछेत्र गुरुङद्वारा एनआरएन यूकेको अध्यक्षमा उमेद्वारी घोषणा


muchhetraलन्डन, बिगतका बर्षदेखि नै यूकेमा निकै चर्चामा आइरहेको गैरआवासीय नेपालीहरुको संस्थामा चुनावका कारण फेरि हलचल मच्चिन थालेकोछ । एन आर एन यूकेको अध्यक्ष पदको लागि करीब आधा दर्जन जतिले उमेदवारी दिने तयारी गरिरहेको हल्ला चलिरहँदा तमूधी यूकेका पूर्व अध्यक्ष एबम् एनआरएन यूकेको सल्लाहकार मुछेत्र गुरुले आफ्नो उमेदवारीको घोषणा गरेकाछन् । अल्डरसडस्थित निरमाया रोधिघरमा आइतबार गरिएको एक कार्यक्रममा उनले आफ्नो उमेदवारीको सार्बजनिक गरेका हुन् । करीब १ घण्टा ४५ मिनेट चलेको उक्त कार्यक्रमको संचालन जिव बेलबासेले गरेका थिए ।
कार्यक्रमको शुभ साइतस्वरूप मैनबत्ती प्रज्वलन गरेर मुछेत्र गुरुङ तथा श्रेमती गुरुङलाई कन्याको हातबाट खादा लगाइएको थियो । कार्यक्रममा मुछेत्र गुरुंगले “सुसंस्कृत, गतिशील र प्रभावकारी एन आर एन संस्था बनाअाैं, आपसी एकता र भातृत्वको विकास गरौँ” भन्ने नारासहितको ४ पेज लामो घोषणा पत्र प्रस्तुत गरेका थिए । जुन घोषणा पत्रमा उनले आफ्नो जन्म, बाल्यकाल, शिक्षा, सैनिक जीवन, पारिवारिक जीवन तथा ब्यबसाय, सामाजिक योगदान, एन आर एनसँगको कुरा र एन आर एनसँगको चासो जस्ता बिषयको बारेमा उल्लेख गरेका थिए । अध्यक्ष पदको लागि बलियो पकड रहेका भनिएका गुरुङ उमेद्वारी घोषणा गर्ने पहिला ब्यक्ति भएकाछन् । तमू धीकै पूर्व अध्यक्ष्य कमल गुरुङले पनि उमेद्वारी घोषणा गरे तापनि पछि मुछेत्र गुरुङकै समर्थनमा उमेद्वारी फिर्ता लिएका थिए । घोषणा पत्रमको क्रममा उनले कर्मभूमि देश सयुक्त अधिराज्य बेलायत र मातृभूमि देश नेपालको दौत्य सम्बन्धको २ सय वर्ष भइसकेको र वीर गोर्खालीको रुपमा नेपालीलाई परिचय गराउने शुभ अवसर यहि कर्मभूमि बेलायतले नै दिएको उल्लेख गरेका थिए ।
11722050_10153502547079282_4609897642004046918_oनेपालीको लागि समाज एकदमै प्यारो र आवश्यक भएकोले एकापसमा हातेमालो गर्दै दु:खसुखलाई साथ दिनको लागि बेलायतमा कस्तो किसिमको नेपाली समाजको निर्माण गर्ने र कुन प्रकारको सामाजिक संस्कार तथा प्रचलनको विकास गर्ने भन्ने कुरालाई अगुवाइ गर्न एनआरएन यूकेको महत्वपूर्ण भूमिका भएकोले त्यसको पहल गर्न २ बर्षको कार्यकालमा आफूलाई सहयोग पुर्याउन सबैलाई आग्रहसमेत गरेका थिए । सामाजिक क्षेत्रमा आफूले लामो समय बिताएको र कुनै पनि बिबादित कृयाकलापहरुमा संलग्न नभएकोले एनआरएनमा यस्तै व्यक्तिको खाँचो रहेकोले त्यहाँ पनि समझदारीपूर्वक कार्य गर्न सक्ने आत्मविश्वास रहेको गुरुङको दावी रहेको थियो ।
कार्यक्रममा संचारकर्मीहरुले राखेका विभिन्न जिज्ञासाहरुको पनि समाधान गरेका थिए । एभरेष्ट टाइम, मेरोयूके डट कम तथा स्वतन्त्र रुपमा पत्रकारिता गर्दै आएका बाचस्पति रेग्मीलगायत अन्य ब्यक्तिहरुले पनि केही प्रश्नहरु राखेका थिए । जिज्ञासाअन्तर्गत आर्थिक कारोबारसम्बन्धी विवाद, सदस्यता, सल्लाहकारमा रकमको चलखेल, राजनैतिक अधिकारबिहीनता, संबैधानिक अधिकारलगायत बेलायतबासी नेपाली (बिशेषगरी बिद्यार्थी)को समस्यालार्इ के कसरी हेर्नुहुन्छ भन्ने बारेमा राखेका जिज्ञासाहरु राखिएका थिए । जवाफमा उनले आफ्फ्नो अधिकारले भ्याउनेसम्म कुनै पनि काम गर्न पछि नहट्ने, आर्थिक कारोबार सम्बन्धमा पुरानो कारोबारलाई लिएर आफ्नो कार्यकालको समयलाई खेर नफाल्ने तर उक्त कारोबारको यथार्थ विवरण पेश गर्न बर्तमान कार्यसमितिलाई नै अनुरोध गर्ने उनको भनाइ थियो । त्यस्तै सल्लाहकारको बारेमा पनि आफूले पैसाको खेलमा होइन दक्षता र अनुभवको आधारमा जुनसुकै व्यक्तिलाई पनि राख्ने धारणा सकिने उल्लेख गरे । त्यस्तै गरी नेपाली दूतावास बेलायतको कार्यशैली र सेवा सुविधामा पनि एनआरएनको सुझाव आवश्यक हुने र त्यसलाई सर्वसुलभ बनाउने सम्बन्धमा भूमिका खेल्नुपर्ने सुझाव पेश गरेका थिए ।
11778886_10153504518119282_2036184738_o
तस्वीरहरू हेर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।
मुछेत्र गुरुङद्वारा गरिएको घोषणा पत्र सुन्नलाई तल क्लिक गर्नुहोला ।