राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रा.डा. जयन्तनाथ खनाललाई पार्टीको मुख्य सचिव पदमा मनोनयन गरेका छन् । अध्यक्ष लिङ्देनले पार्टीको विधानबमोजिम डा. खनाललाई मुख्य सचिव नियुक्त गरेको सो पार्टीले जनाएको छ ।
डा. खनाल लामो समय त्रिभुवन विश्वविद्यालयमा कार्यरत थिए । उनी हाल पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य एवं पार्टी सम्बद्ध प्राज्ञिक परिषदको अध्यक्ष समेत रहेका छन् ।
आइतबार पदभार ग्रहण गर्दै कार्य थालनी गरेका खनालले पार्टीमा गर्नुपर्ने काम धेरै रहेकोले रमाउने र फुर्सद लिने समय नभएको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया