वीरगञ्जबाट दुर्गा प्रसाईं पक्राउ

वीरगञ्जबाट दुर्गा प्रसाईं पक्राउ


पर्सास्थित गहवामाई मन्दिर परिसरमा हुन लागेको कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका दुर्गा प्रसाईंलाई प्रहरी नियन्त्रणमा लिएको छ । ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान, नेपाल’का संयोजक प्रसाईंलाई सोमबार राति पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

अभियन्ता प्रसाईंलाई ‘जरुरी पक्राउ पुर्जी’ दिएर सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिँदैप्रवक्ता बस्नेतले भनेका छन्, ‘संयोजक प्रसाईंलाई आवश्यक सोधपुछ र अनुसन्धानका लागि जरुरी पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएका छौँ ।’

प्रसाई सोमबार (४ जेठ) बिहान गहवामाई मन्दिर परिसरमा हुन लागेको कार्यक्रममा सरिक हुन वीरगञ्ज पुगेका थिए ।