प्लेनमा बमको जोक गर्ने जेलमा

प्लेनमा बमको जोक गर्ने जेलमा


लण्डन । अस्ति मस्को एअरपोर्टमा आत्मघाती हमलामा बम विष्फोटन गरेर कैयौलाई मारेको दिनमा एकजना बेलायती हवाइ यात्रुले अकाशमार्ग हुँदै वीमान आफ्नो गण्तव्यको मध्यभागमा उडिरहेको बेलामा मात्तिएको शुरमा आफ्नो छेउको यात्रुलाई मसँग बम छ भनेर तर्साएका थिए । जहाजको यात्रुले यो कुरा परिचारिकालाई सूचित गरेपछि जहाजको सुरक्षार्थ दुइटा टाइफुन फाइटर जहाजहरु बेलायतबाट हत्तारिंदै जहाजलाई एस्कोर्ट गर्न पुगेका थिए । मेलबोर्न, अस्ट्रेलियाबाट उडान भरेको जहाज लण्डनको हिथ्रोमा अवतरण गर्नुपर्ने थियो, तर, बमको धम्कीले गर्दा जहाजलाई स्टामस्टेड एअरपोर्टमा अवतरण गरिएको थियो ।
जेम्स् ग्लेन नाम गरेका यात्रुले आफ्नो छेउको अर्को यात्रुलाई हिथ्रोतिर उडिरहेको एतिहाद कम्पनीको जहाजलाई मध्य आकाशमा उडाइदिने कुरा भनेका थिए । १९वर्ष पछिको अन्तरालमा पहिलोचोटि विमान यात्रा गरिरहेको ३७ वर्षीय यात्रुले आफू अत्तिइरहेको काराणले गर्दा जहाजभित्र पिएको कुरा भन्दै आफूले किन, कसरी यो कुरा भनियो त्यसको भेउ नभएको बताएका छन् र चेम्स्फोर्ड माजिस्ट्रैटको अघि आफ्नो गल्तीलाई स्वीकारेका छन् । उनी मेलबोर्नबाट बेलायत घर फर्कँदै थिए साथै सोमवारदेखि नयाँ काममा लाग्नुपर्ने थियो । माजिस्ट्रैट, पैट्रेसिया डाइरले …..तपाईलाई हिरासतबाट निकाल्न मिल्दैन किनभने तपाईको करतुतको कारण तपाई आफै फर्केर आदलतमा फेरि हाजिर हुन आउने छन् भन्ने विश्वास गर्ने ठाउँ नभएको यथेस्ट प्रमाण छन्… भनेर पुर्पक्षको बेलामा भनेका थिए । उनलाई लामो समयसम्म जेल सजाए हुने आशंका गरिएको छ । श्रोत- मेट्रो, सुमल, मेस ।