टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु


दाङको तुलसीपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

इप्रका तुलसीपुरका प्रमुख डिएस्पी होमराज पराजुलीका अनुसार सोही घटनामा परेर मृतककी श्रीमती ३४ वर्षीया अमृता नेपाली घाइते भएकी छन् ।

आज (१८ जेठ) बिहान ६ः०० बजे तुलसीपुरको गुल्म चोकमा रा१ख२१९२ नम्बरको टिप्परले विपरीत दिशातर्फ गइरहेको रा४प ३३९० नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते हुभएका दुवै जनाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार घाइते अमृताको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपरचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।