नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-२ स्थित नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् ।
नदीमा पौडी खेल्ने क्रममा मंगलबार (१९ जेठ) एक बालक बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिए ।
नारायणी नदीमा दुईजना पौडी खेल्न गएकामध्ये एक जना बेपत्ता भएका र एक जनाको उद्धार गरी अस्पताल पठाइएको, तर बेपत्ता भएका बालकको खोजी जारी रहेको उनको भनाइ छ ।
बेपत्ता भएका र उद्धार गरी अस्पताल पठाइएको दुवै बालकको परिचय खुल्न नसकेको इन्सपेक्टर गिरीले बताए । नदीमा पौडी खेल्न जाने क्रममा किनारमा खोलेर राखेको पोशाकका आधारमा दुवै बालक चितवनको नारायणघाटस्थित बालकुमारी कन्या माविमा अध्ययनरत विद्यार्थी भएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया