गोहीको आक्रमणबाट मृत्यु

गोहीको आक्रमणबाट मृत्यु


गोहीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ५६ वर्षीय कुलबहादुर चोखाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार घाँस काट्न निस्किएका चोखालको गोहीको आक्रमणमा परी मृत्यु भएको हो ।

घाँस काट्न नजिकको हरियाली सामुदायिक वनमा गएको र घर नर्फिएपछि खोजी गर्दा राप्ती नदीकिनारमा मृतावस्थामा भेटिएको उनले बताए । यादवका अनुसार मृतकको खुट्टा गोहीले खाएको जस्तो देखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।