✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ जेठ २४ गते आइतबार तद्अनुसार सन् २०२६ जुन ७ तारिख अधिक ज्येष्ठ कृष्णपक्षको सप्तमी तिथि शतभिषा नक्षत्र वैधृति योग भद्रा करण आनन्दादिमा राक्षस योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५६ मा हुनेछ । रविसप्तमी व्रत ।
आजको राशिफल
मेष – मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय भएपनि आजको दिन स्वास्थ्यगत समस्याले केही सताउने सम्भावना छ, सजग रहनुहोला । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् भने रोकिएका काम बन्ने एवम् चाहेमा नयाँ काम सुरु गर्न सकिनेछ । लगानी वृद्धि होला । अनावश्यक भ्रमण हुन सक्छ, जरुरी नपर्दासम्म ब्यर्थको यात्रा नगर्नु उचित होला । साहसिक काममा आकर्षण रहनेछ ।
वृष – मिश्रित फलदायी समय छ । जागिरमा उत्साह वृद्धि र व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । तथापि, प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । कृषिकर्मबाट आय वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता मिल्नेछ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाएरमात्र कार्य गर्नु बेस होला ।
मिथुन – सानातिना काम र घरेलु समस्या देखापर्ला । विगतका समस्या बल्झिन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने योग छ, आर्थिक कारोबारमा विशेष सजग रहनुहोला । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । लामो समयदेखि रोकिएको कुनै विशेष काम बन्नाले उत्साह जाग्ने योग छ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।
कर्कट – कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । चिताएको काम सम्पादन हुन केही मिहेनत पर्ला । आफू कमजोर भएको अनुभूति हुन सक्छ । परिश्रमअनुसार फाइदा कमै होला । तथापि, प्रतिष्पर्धीलाई जित्ने सामथ्र्य बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा विशेष आकर्षण रहला ।
सिंह – कामको चापबाट फुर्सद पाइने दिन छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने विभिन्न अवसरले पछ्याउने देखिन्छ । बोली र ब्यक्तित्वको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । रमाइलो यात्राको अवसर जुट्ला । मिठो भोजन प्राप्त हुनेछ । सामथ्र्य वृद्धिका साथै यात्रागत कार्यमा विशेष सफलता मिल्ने योग छ ।
कन्या – उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने र काम पूरा नहुनाले मन खिन्न रहनसक्ने समय छ । अरूका काममा समय बित्न सक्छ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल बन्ने सम्भावना छ । स्वास्थ्यमा केही समस्या रहन सक्छ, खानपानमा सावधानी अपनाउनुहोला । मित्रमिलनको योग छ ।
तुला – आजको दिन सफलता र सुखका दृष्टिले मध्यम रहने देखिन्छ । प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन खासै नसकिएला । सवारीसाधनको प्रयोग गर्दा विशेषा सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ भने विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुने देखिन्छ । मिठो भोजन प्राप्त होला । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
वृश्चिक – रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुने देखिन्छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा पुग्ने योग छ । प्रेमभाव वृद्धिका साथै रसरागात्मक क्रियाकलापमा आकर्षण रहला । इष्र्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, होसियार रहनुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । बौद्धिक तथा रचनात्मक काममा सफलता र पारिवारिक समस्याको समाधान मिल्नेछ ।
धनु – सामाजिक कार्य तथा परोपकारमा मन जाने समय छ । परिवारजनको साथले काममा उत्साह जगाउला । तर सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन सुखमय बन्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ । व्यस्तता वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मकर – आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । कमजोर स्वास्थ्यका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । अप्रिय समाचारले दुःखी तुल्याउन सक्छ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । समस्यामा निकट मित्रजनको साथ–सहयोग रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कुम्भ – नियमित कार्यमा जाँगर बढ्ने समय छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ, तर नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्नसक्ने योग छ, ध्यान राख्नुहोला । पढाइलेखाइमा खासै रुचि नरहन सक्छ । व्यापारमा पनि सोचेको फाइदा नउठ्ने देखिन्छ । रसरागको क्रियाकलापमा आकर्षण रहला । विपरीतलिंगीको साथ–सहयोग मिल्नेछ ।
मीन – पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा राम्रै फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुने समय छ । विभिन्न सहयोग र उपहार पाइने योग छ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै रहला । अतिथिका रूपमा कतै सम्मान समेत पाइने देखिन्छ । आरोग्यबलका साथै सुख वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । कार्यगति बढ्नेछ ।
प्रतिक्रिया