चेक अनादर मुद्दामा फरार रहेका फणिन्द्र नेपाल नेपाल पक्राउ

चेक अनादर मुद्दामा फरार रहेका फणिन्द्र नेपाल नेपाल पक्राउ


चेक अनादर मुद्दामा दुई वर्ष कैद सजाय भई फरार रहेका फणिन्द्र नेपाललाई प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरी कारवाही अगाडि बढाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएअनुसार काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० रहँदै आएका ६७ वर्षीय नेपाललाई युवराज खत्री नामक ब्यक्तिको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

वादी युवराज खत्री र प्रतिवादी निज फणिन्द्र नेपाल भएको चेक अनादर मुद्दा ९०७७-सी४-१६१५० मा काठमाडौं जिल्ला अदालतको फैसलाले बिगोबापत दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका निजलाई बूढानीलकण्ठ-१० कटारी बस्तीबाट पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ परेका नेपाललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको प्रवक्ता कार्कीले बताए ।