सुस्ता गाउँपालिकाका हाकिमले सरकारी गाडी दुरुपयोग गर्दा…

सुस्ता गाउँपालिकाका हाकिमले सरकारी गाडी दुरुपयोग गर्दा…


  • रविन्द्र यादव, पश्चिम नवलपरासी

नवलपरासी पश्चिमस्थित सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुषालले सरकारी सवारी साधनको दुरुपयोग गर्दा एक गम्भीर दुर्घटना भएको छ । श्रीमतीको व्यक्तिगत कामका लागि सरकारी गाडी प्रयोग (दुरुपयोग) गरेर पारिवारिक सयरमा निस्किएका भुषाल सवार गाडी शुक्रबार (२९ जेठ) सुनवल(१२ हरकट्टामा दुर्घटनामा परेको हो ।

​बुटवलतर्फबाट फर्किँदै गरेको सुस्ता गाउँपालिकाको प्र ०१–००१ झ ००६९ नम्बरको स्कार्पियो गाडी र विपरीत दिशाबाट आइरहेको बा।प्र ०३–००१ ख ४८१९ नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए ।

प्रहरीका अनुसार दुर्घटनामा परेर गाउँपालिकाका सवारीचालक सामान्य घाइते भएका छन् भने स्कार्पियोमा सवार अन्य यात्रुहरू भने सकुशल रहेका छन् । नियमकानुनको धज्जी उँडाएर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुषालले सरकारी गाडीको दुरुपयोग गर्दा सरकारी सम्पत्तिमा ठुलै क्षति पुगेको बताइएको छ ।