आजको पञ्चाङ्ग एवम् राशिफल (६ असार २०८३ शनिबार, २० जुन २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ असार २०८३ शनिबार, २० जुन २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ आषाढ ६ गते तद्अनुसार सन् २०२६ जुन २० तारिख शनिबार शुद्ध शुक्ल पक्षको षष्ठी तिथि मघा नक्षत्र बज्र योग कौलव करण आनन्दादिमा पद्म योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ । कुमार षष्ठी, भ.पु.चण्डीभगवतीयात्रा ।

आजको राशिफल

मेष – लाभदायक समय छ । अर्थिक क्रियाकलापमा प्रगति हुनुका साथै व्यवसायमा विशेष फाइदा हुनेछ । पारिवारिक सुख मिल्नुका साथै आत्मबल वृद्धि होला । ब्यापारमा सोचेअनुरुपकै फाइदा मिल्ने देखिन्छ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । यशवर्चश्व बढ्नेछ ।

वृष – आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । नियमित कार्यमा जाँगर चलेपनि अन्य क्रियाकलापमा खासै मन नजाने देखिन्छ । प्रयास गरे अधुरा कामहरु बन्नेछन् । रुपैयाँपैसाको कारोबार हुने योग छ । सुख–सुविधाको वस्तुमा खर्च हुनसक्छ । खर्च नियन्त्रणका लागि विशेष सजगता अपनाउनु उचित हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

मिथुन – समय खासै राम्रो नहुनाले अनावश्यक वादविवाद हुने, मन भयभित रहने हुन सक्छ । इमानदार प्रयासका बाबजुद कामहरु अधुरै रहन सक्छन् । स्वास्थ्यले पनि खासै साथ नदिन सक्छ । वादविवादको सम्भावना रहेकोले संयमता अपनाउनु हितकर हुनेछ । हरेक कदममा सावधानी अपनाउनु उचित हुनेछ । बौद्धिक एवम् रचनात्मक क्रियाकलापमा मन जाने दिन छ ।

कर्कट – ब्यस्तता र चुनौती बढ्ने समय छ । पारिवारिक खटपट निम्तिनुका साथै व्यवहारिक समस्याले सताउने सम्भावना छ, सजगता अपनाउनु उचित होला । आँटेका कामहरु अधुरै रहनाले खिन्नता बढ्न सक्छ, धैर्यको दरकार छ । आफन्त र मित्रजनबाट खासै सहयोग पाइने छैन । खर्च वृद्धिको योग छ । लेखन तथा प्रकाशनसित सम्बन्धित काममा भने प्रगति हुने देखिन्छ । साझेदारीको काम बन्नेछ ।

सिंह – आजको दिन रमाइलोको साथ बित्ने देखिन्छ । रोकिएका कामहरु प्रयास गर्दा पुरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । घरायसी मामलामा परिवारजनसँग सुमधुर सम्बन्ध कायम हुनेछ । केही नयाँ काम थाल्न सकिनेछ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउला । आयबल बढ्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

कन्या – सामाजिक कार्यमा संलग्न हुनुपर्ने समय छ । सोच्दै नसोचेको ठाउँबाट आर्थिक लाभ हुने देखिन्छ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा होला । दान–पुण्यका कार्यमा मन जानेछ । नयाँ योजनाका लागि साथीभाइसित छलफल हुनुका साथै सम्वादले धनलाभको बाटो पत्ता लाग्ने योग छ । कर्मबल बढ्नेछ भने आफन्तको साथ मिल्नेछ ।

तुला – आजको दिन केही चुनौतीयुक्त रहला । कामहरु सजिलोसँग नबन्ने, बनिहाले पनि मेहनतअनुसारको फल नपाइने देखिन्छ । स्वास्थ्यमा केही समस्या आउन सक्छ, सजगता अपनाउनु होला । नियमित कार्यमा पनि बाधा आउनुका साथै आर्थिक हानी हुने योग छ । मित्रहरूसँगको सम्बन्धमा चिसोपन आउे सम्भावना छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक – प्रयासअनुसारको कार्य–सफलता मिल्नुका साथै आइपरेका समस्याहरूको समाधान हुने समय छ । मित्रजनसँगको भेटले मन रमाउने योग छ । नियमित कार्यमा जाँगर बढ्नुका साथै आफन्तले पनि सहयोग गर्नाले रोकिएका कामहरु बन्नेछन । आर्थिक कारोबार सकारात्मक परिणामदायी रहला । मिठो भोजन प्राप्त हुनेछ । पारिवारबाट मिलेको सहयोग प्रेरणादायी रहनेछ । आफन्तको साथले उत्साह बढ्नेछ ।

धनु – समस्याहरु आफै किनारा लाग्ने दिन छ, धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रमका परिणामहरू उत्साहवद्र्धक रहनेछन् । अर्थलाभ र प्रगतिको प्रशस्त सम्भावना देखिन्छ । रमाइलो यात्रा पनि होला साझेदारीको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । सभा–समारोहमा मान मिल्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

मकर – यात्रागत कार्यको लागि उचित समय रहेको छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला । घरपरिवार एवम् मित्रजनबाट सुखशान्ति मिल्नेछ । काममा चुनौतीका बाबजुद साहस बढ्नेछ । प्रेमभाव वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहनेछ ।

कुम्भ – मिश्रित फलदायी समय छ । सफलता र असफलताको बराबर अनुभूति होला । नियमित कार्यमा सोचेअनुरुप परिणाम प्राप्त नहुने र लेनदेनमा समस्या पैदा हुने देखिन्छ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनसक्छ । खर्च पनि केही वृद्धि हुने योग छ, अनावश्यक खर्च नियन्त्रणको प्रयास गर्नु हितकर हुनेछ । सन्तान पक्षबाट सुख बढ्नेछ । आरोग्यता रहनेछ ।

मीन – आँटेका काम पूरा हुनुका साथै जटिल समस्याको समाधान मिल्ने समय छ । तर, नियमित कर्ममा खासै जाँगर चल्नेछैन । प्रेम प्रसंगमा बिग्रेको सम्बन्धमा केही सुधार आएपनि मानसिक तनाव कायम रहन सक्छ । ब्यस्तता वृद्धि हुनेछ । खर्च पनि केही बढ्ने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।