पन्चासे समाज यूकेको वार्षिक भेला सम्पन्न

पन्चासे समाज यूकेको वार्षिक भेला सम्पन्न


IMG_0207लण्डन ः कलेज राईड, बेगशट, यूके स्थित प्याभिलियन परिसरमा २५ जुलाई २०१५का दिन अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षतामा पन्चासे समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । बेलायतको गृष्माकालीन सफा मौसमको अवसरमा सम्पन्न भएको यसवर्षको कार्यक्रममा धेरै अतिथिहरु र समाजका बाक्लो सदस्यहरुको सहभागिता रहेको थियो । केहिदिन देखि पन्चासे समाजका पदाधिकारीहरु मौसमबारे चिन्तित थिए, तर, घमाइलो दिनमा भेटघाट कार्यक्रम सम्पन्न भएकोमा सबै खुशी र आनन्दित देखिन्थे । समाजका महासचिव जया गुरुङले सञ्चालन गरेका औपचारिक कार्यक्रममा समाजका वयोवृद्ध सदस्य सुना गुरुङ प्रमुख अतिथि थिईन् । प्रमुख अतिथि र अध्यक्षको हातबाट पानस प्रज्वलन गरेर शुरु गरेको कार्यक्रमलाई समाजका सल्लाहकार आरकुमार गुरुङले स्वास्थ्य तथा सुरक्षाबारे सहभागीहरुलाई अवगत गराएका थिए ।
psuk2015b
कार्यक्रममा उपस्थित सहभागीहरुलाई स्वागत मन्तव्य समाजका उपाध्यक्ष शिबराम गुरुङ, बीईएमले सम्बोधन गरेका थिए । शुभकामना मन्तव्य प्रकट गर्नेहरुमा समाजका सल्लाहकार विष्णु गुरुङ, संस्थापक अध्यक्ष तथा समाजका सल्लाहकार ले.रि. दानबहादुर गुरुङ, समाजका ज्वाँईचेलीहरुलाई प्रत्तिनिधित्व गर्दै ले.रि. ललित गुरुङ, तमु समाज यूकेका अध्यक्ष अर्जुन गुरुङ तथा आमा समुहलाई प्रत्तिनिधित्व गर्दै सारा देवी गुरुङले कार्यक्रमलाई सम्बोधन गरेका थिए । सारादेवी गुरुङले बोल्नेक्रममा गुरुङभाषामा आफैले रचेकी कविता अत्यन्त मिठो लयमा गाएर सुनाएकी थिईन् । कार्यक्रममा प्रत्येक साल गर्दै आएको अभिनन्दन कार्यक्रम पनि सम्पन्न गरिएको थियो । यस कार्यक्रमलाई समाजका सल्लाहकार हरीकाजी गुरुङले सञ्चालन गरेका थिए । समाजका सल्लाहकार आरकुमार गुरुङ लगायत अन्य उपस्थित शैक्षिक क्षेत्रमा उपलब्धि हासिल गरेका सदस्यहरुलाई उक्त कार्यक्रममा अध्यक्षको बाहुलीबाट खादा पहिर्याएर सम्मान गरेका थिए । त्यसैक्रममा समाजका नयाँ सदस्यहरु, नेपालबाट बेलायत भ्रमणमा आएका पाहुनाहरु तथा कार्यक्रममा पहिलो पटक सरिक भएका व्यक्तित्वहरुलाई परिचय तथा स्वागत गरेको थियो । ती सबैलाई समाजका विभिन्न व्यक्तित्वहरुबाट खादा ओढाएर स्वागत गरेका थिए ।
IMG_0215

psuk2015a

FullSizeRender (6)
समाजका महासिचवले यस कार्यक्रमलाई सफल पार्नका लागि आर्थिक प्रायोजन गरेका व्यक्तित्वहरुको नाम पढेर कार्यक्रममा सहभागी सबैलाई सम्बोधन गरेका थिए । औपचारिक कार्यक्रमलाई समापन गर्ने क्रममा समाजका अध्यक्ष सुमलकुमार गुरुङले सहभागीहरु लगायत सबै व्यवस्थापन टिमलाई धन्यवाद ज्ञापन गरेर औपचारिक कार्यक्रम समापन गरेका थिए । कार्यक्रमको दोश्रो चरणमा नाचगान गरेर रमाइलो गरेका थिए । मौसम सफा भएको कारणले गर्दा धेरैजसो सहभागीहरु बाहिर मैदानमा भलाकुसारी गर्दै खानपानमा रमाएका थिए । त्यसै साँझ भाग्य चिट्ठाको पनि कार्यक्रम थियो । यस कार्यक्रमलाई प्रायोजन गरेका व्यक्तित्वहरु क्रमशः क्या.रि. कमल गुरुङ, समाजका उपाध्यक्षद्व शिवराम गुरुङ, बीईएम तथा खुशीमान गुरुङ, शरण गुरुङ–दिव्य गुरुङ, लालकृष्ण गुरुङ, कुलबहादुर घले तथा सरन गुरुङ द्वारा भाग्यचिट्ठाबाट पुरस्कृत हुनेहरुलाई पुरस्कार वितरण गराईएको थियो । यसै कार्यक्रममा राम्जा, ठाँटी स्थित उच्च मा.वि.का भूपू छात्र–छात्राहरुले स्कुलका लागि दुईलाख रुपैया भन्दा बढि रकम संकलन गर्न सफल भएको थियो । महाभूकम्प पीडितहरुका लागि समाजले उठाएको रकममध्ये एकलाख भुकम्पबाट क्षति भएको सोही स्कुलको निर्माणका लागि दिदैछ । बाँकि रहेको रकम प्रधानमन्त्रि दैविक राहतकोष तथा एक जना महभूकम्पमा निधन भएका व्यक्तिको परिवारका लागि पनि आर्थिक सहयोग प्रदान गरिदैछ ।