न्यूज प्लस यूकेबाट भूकम्प पीडितलाई सहयोग

न्यूज प्लस यूकेबाट भूकम्प पीडितलाई सहयोग


11143660_10153517688149282_2400103905389284890_nलन्डन, गत बैशाख महिनामा नेपालमा गएको महाभूकम्पको असरलार्इ मानिसहरुले बिस्तारै बिस्तारै बिर्सन थालिसकेकाछन् । तर समाजसेवाप्रति समर्पित कतिपय ब्यक्ति तथा संघसंस्थाहरु भने अझै सहयोगको पहलमा निरन्तर लागिरहेकाछन् । यसबेला विशेषगरी दीर्घकालीन सहयोग अर्थात् पुनर्निर्माणको लागि सहयोग जुटाउने कार्य भइरहेकोछ । बेलायतको केन्टमा बसेर आफ्नै व्यवसाय “न्यूज प्लस” संचालन गर्दै आएका संचालक रामचन्द्र शाही र गीता शाहीले भूकम्प पीडितको सहयोगको लागि करीब १ लाख ३३ हजार रुपैयाँ हस्तान्तरण गरेकाछन्, जसमा स्थानीय ग्राहकहरुले पनि रकम संकलनमा सहयोग पुर्याएका थिए । यही जुलाई २५ तारेखका दिन भएको राप्ती समाज यूकेको एक कार्यक्रममा न्यूज प्लसकी संचालिका श्रीमती गीता साहिले राप्ति समाज यूकेका अध्यक्ष्य गङ्गा बहादुर मल्ललाई चेक हस्तान्तरण गरेकी हुन् । राप्ती समाज यूकेको तर्फबाट पनि भूकम्प पीडितको सहयोगार्थ रकम संकलन गरिएको र सम्पूर्ण रकमलाई एकमुष्ट नेपाली दूतावास बेलायतमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने सम्बन्धमा पनि पहल भइरहेकोछ । नेपालमा भैपरी आउने विभिन्न किसिमका आपतबिपत जस्ता विभिन्न कार्यहरुमा राप्तिी समाज यूकेले निरन्तर रुपमा सहयोग पुर्याउंदै आएकोछ । यसअघि पनि बाढीपीडितको सहोगार्थ दैवी प्रकोप उद्दार कोषमा लगभग ५ लाखभन्दा बढी रकम जम्मा गरेको थियो । थोपा थोपा पानीबाट समुद्र बनेजस्तै विभिन्न ब्यक्ति तथा समाजबाट गरिने सानोतिनो सहयोगले पनि भूकम्पबाट क्षति पुगेका स्थानहरुलाई पुनर्निर्माण गर्नको लागि ठूलो सहयोग पुग्नेछ । मातृभूमिमा परेको आपतविपतमा बिदेशमा बस्ने नेपालीहरुको सहायोग निकै उल्लेखनीय रहेकोछ ।
11742627_859269344164152_838292791376163764_n