बेलायतको हस्पिटालिटिमा जम्दै भण्डारी ब्रदर्श

बेलायतको हस्पिटालिटिमा जम्दै भण्डारी ब्रदर्श


unnamed (1)लण्डन । बेलायतको हस्पिटालिटि क्षेत्रमा यहांका नेपालीहरुले एकपछि अर्को सफलता हात पार्दै आएका छन् । क्षेत्रगत रुपमा उत्कृष्ट रेष्टुरेण्ट, ब्रिटिश तथा एशियन करी अवार्डमा सफलता मात्र होइन, यहाँका चर्चित सेलिब्रिटीहरुले पनि नेपाली व्यवसायीद्धारा सञ्चालित रेष्टुरेण्टहरुको तारीफ गर्ने गरेका छन् ।
नेपाली परिकारहरु अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुको अलावा पर्यटन प्रबद्र्धनमा पनि उनीहरुले उत्तिकै सहयोग पु-याइरहेका छन् ।
नेपालको पर्यटन क्षेत्रको विकासमा टेवा पु-याउन तथा नेपाली परिकारहरु अन्तर्राष्ट्रिय स्तरमा चिनाउन बेलायतका नेपालीमाझ चर्चित ब्यवसायिक घराना भण्डारी ब्रदर्शका प्रमुख कमल भण्डारीले गत साताबाट ‘द एभरेष्ट इन’ नामक अर्को रेष्टुरेण्ट सञ्चालनमा ल्याएका छन् । बेलायतको नटिङहाम शासयरस्थित न्यु आर्कमा सञ्चालनमा ल्याइएको उक्त रेष्टुरेण्ट १२० सिट क्षमताको छ । रेष्टुरेण्ट स्थापनापछि प्रसन्न देखिएका भण्डारीले नेपालको पर्यटन क्षेत्रको विकास तथा नेपाली करीको स्तर उकास्न केही सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
रेष्टुरेण्ट ‘ओपनिङ डे’मा केही नेपाली व्यवसायीका अलावा करीब तीनसय स्थानीय समुदायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । न्यु आर्कका स्थानीय मेयर रोबर्ट क्रोई तथा नेपाल हङकङ च्याम्बर्स अफ कमर्समा प्याट्रोनसमेत रहेका काष्टमण्डप बैंकमा चेयरम्यान जे.एन. ज्ञावालीले उक्त रेष्टुरेण्ट संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
unnamed (2)श्रीमती रिता क्रोईसँगै सहभागी भएका मेयर क्रोईले आफ्नो क्षेत्रमा बढ्दो नेपाली व्यवसायले आफुलाई खुशी बनाएको बताए । उनले आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आफू तयार रहेको जानकारी दिए । मेयर क्रोईले नेपाल बेलायत सम्बन्धको दुई सय बर्ष पुगेको अवसरमा दुई देशबीचको स्म्बन्धमा अझै प्रगाढता बढ्ने विश्वास व्यक्त गरे । यसअघि नेपालमा गएको प्राकृतिक विपत्तिमा पनि आफूले सक्दो सहयोग पु-याएको उनले स्मरण गरे ।
कार्यक्रममा रेष्टुरेण्ट सञ्चालक भण्डारीले व्यवसायीक गतिविधि मात्र नभई आफू सामाजिक काममा पनि अत्यान्तै सक्रिय रहेको जनाएका थिए । उनले स्थानीय संघसंस्थासँगको सहकार्यमा विभिन्न च्यारिटीका कामहरुमा आफूले हातेमालो गरेको स्मरण गर्दै आगामी दिनमा यो दायरा अझै फराकिलो बनाउने उद्घोष गरेका थिए ।
unnamed (3)बेलायतको व्यवसायीक घराना भण्डारी ब्रदर्शले रेष्टुरेण्ट, बियर लगायतका क्षेत्रमा व्यवसायीक सफलता हात पार्दै आएको छ ।
unnamed