मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता भएका छन् ।
अजिरकोट गाउँपालिका-४ तालफुटे घाटमा मलामी गएका झ्याँवाका ४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बिहीबार (३२ असार) दिउँसो १ः०० बजेदेखि नदीमा हराइरहेका नेपालीको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया