श्रावण १५ गुरुहरुलाई सम्मान गर्ने दिन

श्रावण १५ गुरुहरुलाई सम्मान गर्ने दिन


Recently Updatedलन्डन, आज श्रावण १५ का दिनलाई परापूर्वकालदेखि गुरु पूर्निमाको रुपमा मनाउँदै आएको पाइन्छ । श्रावण शुक्ल पूर्णिमाको दिनमा गायत्री मन्त्र सुनाउने गुरु, शिक्षा प्रदान गर्ने गुरु तथा गुरुआमालाई बिशेष सम्मान गर्ने गरिन्छ । खासगरी आफूलाई ज्ञानको ज्योति दिलाउन महत्वपूर्ण भूमिका खेल्ने गुरुहरुको सम्मानस्वरूप आजको दिनलाई लिइने गरेको पाइन्छ । द्वापर युगमा बेद्ब्यासले पुराण आदि ग्रन्थ प्रकाशन गरेर ज्ञानको प्रकाश छरेको हुँदा ब्यास जयन्तिका रुपमा पनि आजको दिनलाई लिने गरिन्छ । गुरु भन्ने शब्दलाई संस्कृतबाट लिइएको हो र यसको अर्थ हुन्छ “गु” भनेको अन्धकार अनि “रु” भनेको हटाउने अर्थात अन्धकारलाई हटाएर उज्यालो प्रकाश छर्न भूमिका खेल्ने गुरुहरुको सम्मानमा गुरु पूर्णिमा मनाउँदै आएको पाइन्छ ।
पशुपतिनाथको गुरु दक्षिण मूर्तिमा पशुपतिनाथका मूलभट्टबाट पूजा गरेपछि सर्वत्र गुरुपूर्णिमा भएको मानिन्छ | आजको दिनमा गुरु गोरखनाथको पूजा गर्ने प्रचलन रहेकोछ । त्यसो त चर्चित सर्च इन्जिन गुगलले पनि हिन्दूहरुको पर्व गुरु पूर्णिमालाइ सम्मान गरेकोछ । उसले सर्च इन्जिन साइट गुगल डट कममा कक्षा कोठाको सेतोपाटी आकारको आकर्षक डुडल्स बनाएर राखेकोछ । जसमा बिज्ञान, गणित,संगीत, खेलकुद लगायतका बिभिन्न चित्रहरु देखाएकोछ | पाटीमा गणितको हिसाब लेखाइरहेको स्केच गरिएकोछ र चलिरहेको ति हातले अन्तमा नमस्कार गर्दै हात जोडेको देखाइएकोछ अर्था गुरुप्रति नमस्कार गर्न खोजेको बुझिन्छ । हुन त गुगलले बेलाबेलामा विभिन्न अवसर पारेर त्यस्ता डुडल्सहरु राख्दै आएकोछ । भर्खरै भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको निधनको अवसर गुगलले पारेर उनकै आकृतिको डुडल्स राखेको थियो । यसरी हेर्दा गुरुप्रतिको सम्मान नेपालमा मात्र होइन अन्य मुलुकमा पनि रहेकोछ भन्ने अनुमान लगाउन सकिन्छ । अन्धकारबाट उज्यालोतर्फ बाटो देखाउने व्यक्तिको सम्मान गर्नु सबैको कर्तब्य हुन् जान्छ ।
त्यस्तै गरी श्रवण १५ लार्इ खीर खाने दिनको रुपमा पनि मनाउँदै आएको पाइन्छ । आजको दिनमा घरमा खीर पकाएर खाने प्रचलन रहेकोछ । शरीरमा ऊर्जा,उत्साह र उमंग ल्याउनको लागि काजु, नरिवल, मरिच इत्यादि हालेर खिर पकाएर खाने गरिन्छ ।
काठमाडौंको पशुपतिनाथको गुरु दक्षिण मूर्तिमा पशुपतिनाथका मूल भट्टबाट पूजन भएपछि सर्वत्र क्षेत्रमा गुरु पूर्णिमा शुरु भएको मानिन्छ । विशेषगरी नाथ सम्प्रदायका योगीले यस दिन गुरु गोरखनाथको पुजन गर्ने चलन छ । यसै अवसरमा पशुपति क्षेत्रमा रहेको दक्षिण मूर्तिको मन्दिर खुला गरिएको छ ।
यसैगरी साउन १५ पनि परेकाले आज खीर खाने परम्परा छ । रोपाईंको सिलसिलामा असार १५ गते दही–च्यूरा भोजन गरेपछि साउन १५ गतेमा रोपाईं सकेर शरीरमा उर्जा र उमंग ल्याउन दाख, काजु, नरिवल, मरिच आदि हाली तयार गरिएको खीर खाने चलन छ ।
[youtube]https://www.youtube.com/watch?v=mFyovBkxY28[/youtube]