फार्नवरो । हिजाे अर्थात्, ३१ जुलाई फार्नवरो क्षेत्रका साइ भक्तहरुले गुरु पुर्णिमाको उपलक्ष्यमा मिच्चटको तमू धिंमा एक भव्य कार्यक्रमको आयोजना ग-यो । नेपालमा भएको विनाशकारी भूकम्पबाट पीडित र विश्व शान्तिको कामना गर्ने उद्देश्य राखेर गरिएको यस कार्यक्रमा लक्ष्य अर्चना गरिएको थियो । सत्यसाइ कार्यक्रममा लक्ष्य अर्चनालाई सबभन्दा शक्तिशाली प्रार्थना मानिन्छ । यसमा एकजना भक्तले उपस्थीत सबैसँग एकै स्वर र एकाग्र भर्इ ॐ श्रीसत्यसाइ कृष्णाय नमः भन्ने मन्त्र एकहजार एक आठ पटक जप गराउँछन् । कार्यक्रममा भाग लिन साइ भक्तहरु लण्डनका विभिन्न भागबाट यहाँ आएका थिए, जस्तै स्वीनडन, रेडिङ, वेईजिङस्टाेक, नर्थईष्ट लण्डन, साउथहाम्टन, गिलफोर्ड र स्थानियहरु । नर्थईष्ट लण्डनबाट आएका एक भक्त रविजंग लामिछानेले त आफ्नाे भक्ति देखाउँदै उक्त कार्यक्रमको हलभाडा आफूलाई बुझाउन दिई सेवा गर्ने मौका दिन आग्रह गर्दै हलभाडा सहयोग गरे । कार्यक्रम सत्यसाई केन्द्र युकेको क्षेत्र नं ६ (फानवरो) ले आयोजना गरे तापनि कार्यक्रमका आकर्षण भने लण्डनवाट आएका अंकल भद्गमा थिए । यि वयोवृध्द बेलायतका एक यस्ता भक्त हुन जसलाई साईवावाले नै लक्ष्यअर्चना गराउने जिम्मा र मन्त्र दिएका थिए । त्यसैले युरोपमा हुने विशेष लक्ष्य अर्चनामा उनि आफैं सरिक भर्इ गराउँछन् । साईभक्तहरु आफ्नो कार्यक्रमा उनको उपस्थितिलाई गौरव मान्दछन् ।
कार्यक्रमको संचालन सत्यसाई केन्द्र फानवरोका अध्यक्ष सुष्मा गुरुङ्ले गरेकी थिईन् भने अन्य महिला पुरुष भक्तहरुले बीचबीचमा भजन प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा विशेष आरती गरेपछि महाप्रसादको व्यवस्था गरिएको गरिएको थियो । सहभागी सबैलार्इ अध्यक्ष गुरुङ्ले धन्यवाद दिदै कार्यक्रम विसर्जन भएकाे थियो ।
प्रतिक्रिया