निजामति कर्मचारीलार्इ स्थायी अावासीय अनुमति नलिन निर्देशन

निजामति कर्मचारीलार्इ स्थायी अावासीय अनुमति नलिन निर्देशन


em-noteलण्डन । बेलायतस्थित नेपाली दूतावासले एक सूचना जारी गरी नेपाल सरकारका निजामति कर्मचारीहरूलार्इ बेलायतलगायत यस राजदूतावासबाट हेरिने मुलुकहरूमा स्थायी अावासीय अनुमति नलिन वा साेकाे लागि अावेदन नदिन अथवा याे कानूनी व्यवस्था लागू हुनुअघि स्थायी अावासीय अनुमति लिएकाे वा त्यस्ताे अनुमतिका लागि अावेदन दिएकाे भए एेनमा ताेकिएकाे मितिभित्र विवरण पेश गर्न, गराउन र कानूनविपरीत कसैले त्यस्ताे कार्य गरेकाे भएकाे साेकाे जानकारी गराउनु हुनकाे लागि सूचना प्रकाशित गरेकाे छ । मिति २०९७९।०३।२९ देखि लागू हुने गरी साेही मितिकाे राजपत्रमा प्रकाशित निजामति सेवा(चाैंथाे संशाेधन) एेन, २०७२ खण्ड ६५, काे प्रावधानवमाेजिम सामान्य प्रशासन मन्त्रालयबाट लेखी अाएकाे निर्देशनवमाेजिम बेलायतस्थित नेपाली दूतावासले साे सूचना प्रकाशित गरेकाे हाे ।