एनआरएन यूकेको अन्तरक्रिया सम्पन्न, ६ वटा मतदान केन्द्र राखिने

एनआरएन यूकेको अन्तरक्रिया सम्पन्न, ६ वटा मतदान केन्द्र राखिने


11782274_10153535309654282_7549340386694056867_oलन्डन / यही आइतबार २ तारिखका दिन लन्डनस्थित ब्लू अर्किड रेस्टुरेन्टमा गैर आवासीय नेपाली संघ यूकेको निर्वाचन समिति र पदाधिकारीहरुको बैठक बसेको थियो । बैठक संचालनको भूमिका रामशरण सिम्खडाले निभाएका थिए । प्रमुख व्यक्तिको उपस्थितिको प्रतिक्षाका कारण निर्धारित समयभन्दा ढिला शुरु भएको उक्त बैठकको समापन पनि सोचिए भन्दा ढिला नै भएको थियो । केही समय अघिदेखि पटकपटक निर्वाचन लगायतका कार्यक्रम तिथिमिति सार्दै आएका कारण अनि निर्वाचन समिति र कार्यसमिति बिचमा पनि आवश्यक तारतम्य नमिलेका कारण अनावश्यक बिबादमा नै बढी समय खर्चिनुपरेको थियो । यस अघिको निर्वाचनमा गरिँदै आएको सदस्यतासम्बन्धी लचकता र बेथितिलाई नियन्त्रण गर्ने उद्देश्यले गरिएको यसपटकको सदस्त दर्ता र निर्वाचन प्रक्रियामा धेरैको असहमत रहेको देखिन्थ्यो । गैर आवासीय नेपालीसंग यूकेका भावी उमेदवारहरुको समेत उपस्थिति रहेको सो बैठकमा निर्वाचन प्रक्रियालाई कडाइ गरेर सदस्यता बन्नेहरुलाई उपेक्षित गरेको र मतदान केन्द्र पनि सबैको पहुचभन्दा बाहिर भएकोले सुधार गर्नुपर्ने सबैको धारणा रहेको थियो । अन्तमा राति अवेरसम्म सम्पन्न उक्त बैठकले गैर आवासीय नेपाली संघ यूकेको १२ र १३ मा हुने छैटौं अधिवेसनमा विभिन्न ६ स्थानमा मतदान केन्द्र राखिने निर्णय गरेकोछ ।
लन्डन प्लमस्टिड, अल्डरसट, फार्नबोरो, लन्डन नर्थहल्ट, ह्यारो, रेडिंग, स्विन्डन, अस्कोट, ब्रिस्टोल, आसफोर्ड, चेरिंगटन र मिडल्याण्डमा एक-एक वटा मतदान केन्द्र राख्ने निर्णय गरेकोछ । त्यस्तै बैठकले सेप्टेम्बर १२ मा साधारण सभा र सेप्टेम्बर १३ मा कार्यसमितिको निर्वाचन गर्ने निर्णय पनि गरेकोछ । गत शनिबारका दिन एनआरएन यूकेको बैठकले भने सदस्यता फारम आफैले बुझ्ने निर्णय गर्दै सदस्यता बितरणलाई केही लचिलो बनाउने प्रयास गरेको भए तापनि यस पटकको बैठकको निर्णयअनुसार साधारण सदस्यता फारम हुलाकमार्फत मात्र पठाउन सकिने ब्यबस्था यथावत राखिएको छ । एउटा परिवारबाट बढीमा १० जनासम्मको सदस्यता फारम एउटा खाममा हालेर पठाउन सक्ने र सोभन्दा बढी फारमहरू एकै साथ पठाएमा मान्य नहुने अनि सदस्यता शुल्क पठाउँदा पनि चेक वा अनलाइन ब्यान्किंगमार्फत पठाउनु पर्ने सीधै खातामा जम्मा गरेको रकमलाई पनि मान्यता नदिइने जस्ता नीतिका कारण धेरैलाइ असुविधा पुग्ने सबैले ठहर गरेका थिए ।
बैठकमा एनआरएन यूकेका अध्यक्ष महेन्द्र कँडेल, उपाध्यक्षद्वय, सूर्य नेम्वाङ, हीराधन राई, सचिव डासु पाण्डे, विधान समितिका सदस्य, फडिन्द्र भट्टराई, निर्वाचन समितिका संयोजक डा. राधव धिताल, सस्दयसचिव सिम्खडा र सदस्यहरु पूर्ण लक्सम, विश्वआदर्श पण्डित, शिवजी श्रेष्ठ, डा. चन्द्र लक्सम्बा सहभागी थिए |
11111801_10153535304064282_5963971202821063424_oआगामी निर्वाचनका लागि अध्यक्ष्यमा उमेद्वारी घोषणा गरिसकेका मुछेत्र गुरुंगले बिगतको तीतो अनुभवलाई मध्यनजर गर्दै निष्पक्ष ढंगबाट निर्वाचन गराउनको लागि चालिएको कदमको प्रशंशा गर्दै सदस्यता दर्ता तथा नविकरणलार्इ सरलीकरण गरिनुपर्ने र मतदान केन्द्र विभिन्न स्थामा राखेर सबैलाई आ-आफ्नो अधिकार प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने कुरामा पटक पटक जोड दिएका थिए । गैर आवासीय नेपालि संघका सल्लाहकार डमर घलेले पनि साधारण सदस्यको हितमा ध्यान पुर्याउनुपर्ने र विभिन्न क्षेत्रमा बुथको ब्यबस्था राख्न सक्ने सामर्थ्य भए राम्रो हुने कुरामा जोड दिएका थिए । एनआरएन यूकेका पूर्व अध्यक्ष कुल आचार्यले पनि बिगतमा भए गरेका गल्तीलाई पुन दोहोरिन नदिई गुमेको इज्जतलाई सुधारेर लैजान सबैले एक जुट हुनुपर्ने धारणा राखेका थिए । त्यस्तैगरी एनआरएन यूकेका पूर्व अध्यक्ष सूर्य गुरुंगले निर्वाचनलार्इ निष्पक्ष बनाउन सबैले इमान्दारी बन्नुपर्ने र अध्यक्ष पदको जिम्मेवारी सोचेभन्दा निकै जटिल भएकोले हल्का रुपमा नलिन समेत सुझाव दिएका थिए ।
11845172_10153535307714282_1614467350320936356_oगैर आवासीय नेपाली संघका पूर्व प्रवक्ता डा. हेमराज शर्माले विधानको बारेमा भएका दुबिधाहरुको बारेमा पटक पटक प्रष्ट्याउने कोशिस गरेका थिए । अध्यक्ष पदका अर्का प्रत्यासी विश्व तिगेलाले अहिलेको आधुनिक यूगमा अनलाइन भोटिंग सबैभन्दा विश्वसनीय हुने र यसले सबैलाई समेट्न सकिने हुँदा यसतर्फ पनि सोच्नु आवश्यक भएको धरणा राखेका थिए | कार्यक्रममा सूर्य नेम्वांग, खुशी लिम्बू,थर्क सेनले पानी आ-आफ्नो मन्तव्य राखेका थिए । एनआरएन बर्तानान अध्यक्ष महेन्द्र कँडेलले सबैको धारणालाई प्रष्ट पार्दै भने एनआरएनसंग साधन र स्रोतको अभावका कारण चाहेर पनि कतिपय कामहरु गर्न नसकेको भन्दै सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गरे । आर्थिक समस्याका कारण सबै क्षेत्रहरुमा मतदान केन्द्र राख्न नसकिने उनको धारणा थियो । निर्वाचनलाई निष्पक्ष र धाँदलीरहित बनाउने सम्बन्धमा आफूलाई बिश्वास रहेको पनि उल्लेख गरेका थिए ।
11754524_10153535305804282_6712875008304939852_oसहभागीहरुको जिज्ञासालाई प्रष्ट पार्दै निर्वाचन समितिको तर्फबाट संयोजक डा. राघव धिताल, सदस्यसचिव रामशरण सिम्खडा, विश्वआदर्श पण्डित, डा. चन्द्र लक्छम्वा लगायतले आ-आफ्नो तर्क दिएका थिए ।