लण्डनमा नेपथ्यको अर्को सफल साँगीतिक कार्यक्रम सम्पन्न

लण्डनमा नेपथ्यको अर्को सफल साँगीतिक कार्यक्रम सम्पन्न


IMG_0501-532x400लण्डन । यही शनिबार अर्थात् ८ तारिख, लण्डनको ब्रिक्स्टनको ओटु अकाडेमीमा नेपथ्य व्याण्डले लाइभ कन्सर्ट निक्कै नै सफलतापूर्वक सम्पन्न गरेको छ । चार हजारभन्दा ज्यादा दर्शकहरुले खचाखच भरिएको हलमा…मलाई मर्ने बेलामा मेरो साथमा मेरो देशको चन्द्र सूर्य अंकित झण्डा रहोस् भन्ने कामना गरेको छु….भन्ने गायक अमृत गुरुङका हरेक शब्द शब्दलाई तालीले साथ दिई बेलायती नेपालीहरुका मनभरिको देश प्रेमलाई देखाएका थिए । दुई वर्षअगाडि वेम्ब्ली एरेनामा एैतिहासिक र अभूतपूर्व सफल कार्यक्रमपछि, नेपथ्यको यो अर्को अत्यन्तै सफल कार्यक्रम मानिएको छ ।
आफ्नो ब्याण्डमा धेरै जातजातिका सदस्यहरु भएको बताउने गुरुंगले नेपाली हुनुमा अत्यन्तै गर्व गरेको बताएका थिए । जातजातिमा बाँडिएर होइन, एक भएर रहनुमा अहिले सम्पूर्ण नेपालीहरुको कर्तव्य भएको बताउने गुरुंगका कार्यक्रमहरुले बूढाबूढी, केटाकेटी, ठिटाठिटीलगायत विभिन्न जातजातिका वर्गहरुलाई उत्तिकै आकर्षित गराउन सक्ने पन वास्तवमा अमृत गुरुङको विशाल सोँच भएको बताइएको छ । खुट्टा राख्ने पनि ठाउँ नभएको सो कार्यक्रमबाट निस्कनेहरु सबैका अनुहारभरि खुशी व्याप्त भएको देखिएको थियो ।
गत महिना, गोर्खा जिल्लामा गएको भूकम्पबाट सो जिल्लाका पीडितहरुलाई सहयोग गर्नको लागि बताइएको, पहिलो पटक रोयाल अल्बर्ट हलमा नेपाली साँगीतिक टोली दीप श्रेष्ठ, ओम विक्रम विष्ट, योगेश्वर अमात्य लगायतहरुका कार्यक्रमले जुटाउन नसकेको भीड, नेपथ्यले फालाफाल हुने गरी जुटाएका थिए । नेपथ्यको अनि अमृत गुरुङको क्रेज नेपाललगायत विदेशमा बस्ने नेपालीहरुका जमातमा जस्ताको त्यस्तै रहेछ भन्ने सजिलै अनुमान लगाउन सकिन्थ्यो ।

तस्वीर : रञ्जित बस्नेत/ Radio Rhino

[youtube]http://www.youtube.com/watch?v=I1d6PMR6U4k[/youtube]
Video: Milan Sharma/Radio Rhino