स्कटल्याण्ड। चर्चित गायक रामकृष्ण ढकालको स्वरबद्ध ‘यात्रा त लामो छ” सुमुधुर गीतको नयाँ म्युजिक भीडीयो सार्बजनिक भएको छ। स्कटल्याण्डमा छायांकन गरिएको उक्त गीतको संगीत हिमाल सागर र सब्द गोपाल अधिकारीको रहेको छ। उक्त भीडीयोमा बेलायतमा बस्ने रचनाकार गोपाल अधिकारी र स्कटल्याण्ड बस्ने आरती गैरेले मोडलिंग गरेका छन्। यसअघि गायक नवीन भट्टराई, सत्यराज आचार्यको समेत म्युजिक भीडीयो निर्देशन गरेका दिपेश रेग्मीले उक्त गीतको निर्देंशन, छायांकन र सम्पादन गरेका छन्।
रेडियो अन्को ( रेडियो ONCW) को प्रोडक्टसन रहेको उक्त भीडीयो निकै राम्रो बनेको र देश विदेशबाट राम्रो प्रतिक्रिया आएको रचनाकार अधिकारीले बताए। यस्तै संगीतकार हिमाल सागरले उत्कृष्ट म्युजिक भीडीयो बनेको सामाजिक संजालमार्फत प्रतिक्रिया दिएका छन्।
-प्रकाश अर्याल
[youtube]https://www.youtube.com/watch?v=Mc9lrd7w6DI&feature=youtu.[/youtube]
प्रतिक्रिया