"तीन घुम्ती" को फर्स्ट लुक सार्वजनिक

"तीन घुम्ती" को फर्स्ट लुक सार्वजनिक


tinghumtiवी.पी. कोइरालाको बहुचर्चित उपन्यासमा आधारित नेपाली चलचित्र “तीन घुम्ती” को फस्ट लुक सार्वजनिक भएको छ । उक्त चलचित्रका नायक ध्रुब दत्तका अनुसार काठमाण्डौमा आयोजित एक समारोहका बीच पोष्टर सार्वजनिक गरिएको हो । बाबुराम ढकालद्वारा निर्देशित तीन घुम्तीमा गरिमा पन्त, ध्रुब दत्त, सुशान्त कार्की, भुवन चन्द, लक्ष्मी गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यसैबीच, आगामी अगस्ट २२ गते बेलायतमा यस चलचित्रको रेड कार्पेट प्रिमियरको आयोजना गरिएको छ। अल्डरसटस्थित प्रिन्सेस हलमा बेलुका ६ बजेदेखि शुरु हुने प्रिमियर सोमा भाग लिन निर्देशक बाबुराम ढकाल सोमबार बेलायत आउने कार्यक्रम रहेको छ । आयोजका अनुसार,प्रिमियरलार्इ भब्य रुपमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भएको छ। कार्यक्रममा बेलायतबासी नेपालीहरुको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
कर्मा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा जीवनका अनेकौं घुम्तीहरुमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको संघर्षको कथालाई चित्रण गरिएको छ।
-ध्रुव