लण्डन । नेपालको कास्की जिल्ला उद्गम भर्इ कामको सिलसिलामा हाल स्विडेनमा रहेका नारायण तथा सिर्जना खड्काका चार वर्षीय पुत्र ‘श्रीनिक खड्का’ विगत केही महिनादेखि Acute Myeloid Leukaemia, AML Blood cancer रक्त क्यान्सरविरुद्द बिजयको प्रतीक्षा गर्दै छन्। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, किमोथेरापी प्रकृयाबाट सङ्क्रमित कोष हटाउने उपचार र त्यसपछि श्रीनिकको पिता; नारायणको रगतबाट निकालिएको ‘stem cell (जुन सङ्क्रमित कोषसँग आधा मिल्ने (Haploidentical) थियो।)को प्रत्यारोपण कार्यमा सोचेअनुसार प्रगति हुन केही कठिनाइ भयो। त्यसैले, चिकित्सकहरु अहिले श्रीनिकको HLA रिपोर्टसँग मिल्ने अन्य व्यक्तिहरुको, Unrelated Donor’s, stem cell प्रत्यारोपण गरी – गरार्इ श्रीनिकको विजयी मुस्कान हेर्न आतुर छन्।
गैर अाफन्त दाताहरुबाट अनुकुल मिल्ने बोन म्यारो कोष खोज्ने क्रममा विश्वका दुर्इ ठूला रक्त क्यान्सरबिरुद्द काम गर्दै आइरहेका Delete Blood Cancer र Anthony Nolan का सङ्ग्रहित तथ्याङ्कमा श्रीनिकको लागि अनुकुल दातासमूह रहेको पाइएन। उप्त संस्थाहरु तथा उपचारमा संलग्न चिकित्सकका अनुसार सङ्क्रमित रक्तकोषहरुसँग दुरुस्तै मिल्ने कोषहरु प्रवल सम्भाव्यता पीडितकै परिवार, वर्ग, समुदाय, जातीय समूह तथा आसपासका वातावरणीय समूहहरुबाट रहन्छ। नेपाली तथा दक्षिण एसियाली समुदायबाट माथि उल्लिखित संस्थाहरुमा एकदमै कम मात्र बोन म्यारो दाता दर्ता भएकोले विश्वभरका सम्पूर्ण नेपालीहरुले आफ्नो बोन म्यारो कोष दर्ता गरार्इ दाता कोष खोजी कार्यमा सहृदयी सहभागी भर्इ दिनुहुन अत्यावश्यक देखिएको छ।
एउटा सुन्दर भविष्यको लागि सहयोगको अपेक्षामा रहेका यही नेपाली समाजको सन्ततीको लागि बेलायतका विभिन्न नेपाली संघ-सस्था तथा बिश्वका अन्य भू-भागमा रहेका सहयोगी हातहरुसँग सहकार्य गर्दै Anthony Nolan ले नेपाली मेला; अगस्ट ३० आइतवार, केम्प्टन पार्क, TW16 5AQ, लन्डनमा बोन म्यारो दाता दर्ता तथा नमुना संकलन( Sample Collection)को लागि स्टल राख्ने कार्यक्रम तय गरेको छ। हेल्थ फ्री नेपालका प्रतिनिधि तथा स्वयंसेवकहरुको उत्साहजनक उपस्थितिका साथ हुन थालेको उप्त कार्यक्रममा ‘हेल्थ फ्री नेपाल’ले बेलायतको थुप्रै संघसंस्थाहरुसँग मिलेर क्यान्सर र अन्य रोगका बारेमा बृहत जनचेतना तथा छलफलको कार्यक्रम पनि गर्दै छ, जसमा प्रतिष्ठित क्यान्सरबिरुद्द काम गर्दै आइरहेका संस्था Delete Blood Cancer को पनि साथ हुनेछ। संसारभरि रहेका सम्पूर्ण नेपालीहरुको सहयोग सद्भभाव, प्रेरणा र आशीर्वादका कारण नै “सहयोग नै धर्म हो, मानवीयताका लागि सहयोग गरौं” भन्ने नीतिअनुरुप श्रीनिकलार्इ स्वस्थ बनाउँदै सवल समाज निर्माण कार्यमा सहभागी रहन यो सानो कार्यक्रम शुरु गरिएकाे बताइएकाे छ । तसर्थ सम्पूर्ण सहयोगी हात र उत्साही पाइलाहरुको उपस्थिति साे हेल्थ फ्री नेपालका उद्देश्यका लागि प्रार्थनीय छ भनिएकाे छ ।
केम्प्टन पार्क, TW16 5AQ ,लन्डनबाट भौगोलिक रुपमा टाढा रहेका व्यक्ति, नेपाली समुदाय तथा अन्य दक्षिण एसियाली समुदायहरुलार्इ आ-आफ्नो पायक पर्ने निम्न स्थान, संस्था तथा व्यक्तिहरुसंग समन्वय गर्दै बोन म्यारो कोष दर्ता कार्यमा उत्साहजनक सहभागिता जनाइदिनु हेल्थ फ्री नेपाल विनम्र अनुरोध गर्दछ।
www.anthonynolan.org/register ( 16-30 yrs) UK
www.deletebloodcancer.org.uk (17-55 yrs) UK
http://www.deletebloodcancer.org (USA)
http://www.abmdr.org.au (Australia)
http://datriworld.org (India)
माथि उल्लिखित संस्थाहरुसँग समन्वय गरी सामान्य रुपले बोन म्यारो कोष दर्ता गर्न सकिन्छ। कुनै पनि सर्जरी गर्नु पर्दैन। निर्मलीकृत कटन कपडाको सहयोगमा गालाबाट -याल (Saliva ) जम्मा गरी सेम्पल संकलन गरिन्छ जुन बढिमा १० मिनेट अवधिमा सकिन्छ । उक्त Sample को विस्तृत अध्ययनपश्चात् सङ्क्रमित कोषसँग अनुकुल भयो भने मात्र दान प्रकृयाको लागि बोलाइन्छ। जुन रक्तदान प्रकृयाजस्तै हो। रक्तदानमा जस्तै गरी रगत निकालिन्छ, त्यसबाट बोन म्यारो छुट्याइएपछि बाँकी रगत पुन दाताकैमा फर्काइन्छ। यसरी छुट्याइएको बोन म्यारो कोषहरु अपेक्षित व्यक्तिहरुको जीवन रक्षा गर्न प्रयोग गरिन्छ।
यो बोन म्यारो कोष दर्ता श्रीनिक खड्काको लागि मात्र होइन, भविष्यमा सम्पूर्ण नेपाली समुदायको लागि पनि अति उपयोगि हुनेछ। यदि कसैको बोन म्यारो श्रीनिकको संग मिल्यो भने एउटा सुन्दर भविष्य बोकेको बालकको लागि पुनर्जीवन प्रदान गर्न सकिनेछ। यदि श्रीनिकको संग मिलेन भने पनि भविष्यमा अन्य कसैको पुनर्जीवनको माध्यम बन्न सक्छ।
नेपाली मेलाको मिति, समय र स्थान यस प्रकर छ।
मिति : ३० अगस्ट २०१५, आइतवार
समय :
स्थान : केम्प्टन पार्क, TW16 5AQ, लन्डन
प्रतिक्रिया