एनआरएनए यूके उपाध्यक्ष प्रत्याशी ललित न्यौपाने को हुन्?

एनआरएनए यूके उपाध्यक्ष प्रत्याशी ललित न्यौपाने को हुन्?


lalit
लण्डन ः यतिबेला बेलायतमा नेपालीहरुका चुनावी माहौल झण्डै नेपालमय बन्न पुगेको छ । सबै एनआरएनए यूकेको पदाधिकारीहरुका प्रत्यासीहरु नेपालका राजनीतिक कार्यकर्ताहरु सरह सबै संघसंस्थाहरुमा तथा नेपालीहरुको समर कार्यक्रमहरुमा गएर प्रचार प्रसार तिब्र गर्न थालेका छन् । आ–आफ्नो म्यान्डेट लिएर मैदानमा उत्रेका प्रत्याशीहरु मध्ये ललित न्यौपाने पनि एक हुन । स्तम्भकारसंग प्रत्यक्ष भेट गरेर आफ्नो म्यान्डेट बारे उनले बताएका छन् । गैर आवासीय नेपाली संघ बेलायतको चुनावी सरगर्मी बढेर विभिन्न नेपाली मिडियाहरुले उम्मेदवारहरुको परिचय, म्यान्डेट तथा विगतका विसंगतिहरुलाई पारदर्शिकता गरेर एनआरएनए यूकेलाई सहि दिशामा डोर्याउने वाचा गर्दै अघि बढेका छन् । यीनै प्रत्यासीहरुको भीडमा एक जना नाम पनि अघि आएको छ ।
उनी दक्षिणपूर्व क्षेत्रीय लण्डन, अबिउडमा विगत एक दशकभन्दा अघिदेखि बस्दै आएका ललित न्यौपाने हुन । यस क्षेत्रका सफल व्यावसायी, समाजसेवी तथा साहित्यमा समेत दखल रहेका ललित न्यौपाने यस पटक उपाध्यक्ष पदका लागि प्रत्याशी बनेका हुन् । उनका संक्षिप्त परिचय दिनुपर्दा उनका अनुसार उनी बेलायतमा उच्च दक्ष जनशक्तिका रुपमा बेलायतमा आएका हुन तथा बेलायत आउनु अघि १७ वर्षसम्म नेपालमा बाणिज्य ब्याङ्कमा कार्यरत थिए । उच्च शिक्षा हासिल गरेका ललितले कानून विषयमा स्नातक तथा राजनीति विषयमा मस्नातोकोत्तर गरेका छन् ।

बेलायत आगमान लगत्तै उनी धेरै संघसंस्थाहरुको संस्थापक रहेर समाजहरु स्थापना गरिसका छन् । उनी हाल लण्डनमा रहेका विभिन्न संघसंस्थाहरुमा आबद्ध छन् । हाल उनी अबिउड नेपाली समाजका अध्यक्ष, एनआरएन यूके कार्यसमितिका सदस्य, नेपाल फोरम ग्रिनविचका कार्यकारी सदस्य, नेपाली पशुपति मन्दिरका ट्रस्टि, क्षेत्री समाज यूकेका आजीवन सदस्य तथा झापाली समाज बेलायतका सल्लाहकारको हैसियतमा योगदान दिँदै आएका छन् । उनी मृदुभाषी तथा सबैका लागि समाजसेवामा अर्पित गर्ने व्यक्तिको रुपमा यस क्षेत्रमा परिचित छन् । व्यावसायको दृष्टिकोणमा सफल उनका कारोबारहरुमा रेस्टूरेन्ट व्यावसाय, प्रोपर्टी तथा बित्तिय कारोबार रहेका छन् । स्तम्भकारसंग भेटेर उनले आफ्नो उम्मेदवारी घोषणा गरेको सन्दर्भमा उनलाई तेस्र्याईएको प्रश्न, “उपाध्यक्ष पदमा उम्मेदवारी किन घोषणा गर्नु भएको?” भन्ने सवालमा उनको भनाई निम्नअनुसार छन्ः

”स्थापनाकाल देखि हालसम्म गैर आवासीय संघ बेलायतमा देखिएका सांगठानिक संरचनागत समस्या लगायत यस भित्र हालसम्म देखिएका आर्थिक अपारदर्शिता, व्यक्तिवादी सोंचको हाली मुहाली हुँदै आएको हुनाले हरेक निर्णय कार्यनवयन हुन नसक्ने अवस्था रहेको छ । यसले गर्दा एनआरएनए यूके प्रति बेलायतवासी नेपालीहरुको विश्वास कम हँुदै गएको छ । अहिले प्रत्यक्ष एनआरएन भित्र नेपालीहरुको सहभागिता न्यून हँुदै गएको छ । यी समस्याहरुलाई रचनात्मक सुधार गरी सम्पूर्ण नेपालीहरुको प्रत्तिनिधि मुलक साझा छाता संगठनको रुपमा विकाश गर्नु आजको आवश्यकता महशुस गरि यी समस्याहरुलाई सुधार ल्याएर सहि दिशामा एनआरएनए यूकेलाई डोर्याउने लक्ष्य लिएर मैले उम्मेदवारी घोषणा गरेको हँु । यसर्थ सबै बेलायतवासी नेपाली दाज्युभाई दिदिबहिनीहरुलाई मलाई भोट दिएर उपाध्यक्ष पदमा विजय गराउन हार्दिक अनुरोध गर्दछु ।”