नेपाली मेला २०१५ – तमुधिं यूकेको पत्रकार सम्मेलन

नेपाली मेला २०१५ – तमुधिं यूकेको पत्रकार सम्मेलन


IMG_0457

लण्डन ः दिनांक २३ अगस्त २०१५को दिन पूर्व निर्धारित समय भन्दा केहि समय विलम्व पश्चात केम्पटन पार्क रेसकोर्सको सभाकक्षामा पत्रकार सम्मेलन सम्पन्न भएको छ । अब एक सप्ताह पश्चात, ३० अगस्त २०१५को दिनमा सोहि स्थानमा सम्पन्न हुने बहुप्रत्तिक्षित यस वर्षको नेपाली मेलाबारे सम्पूर्ण तैयारी विवरण पत्रकार सम्मेलनमा सम्पन्न हुनु अघि दिएको थियो । समाजका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव हरि गुरुङले सञ्चालन गरेका थिए । नेपाली मेलाका संयोजक तथा समाजका उपाध्यक्ष नन्दजंग गुरुङले पावर प्वाईन्टको माध्यमबाट पत्रकार सम्मेलन पूर्व सहभागी तमुधिंका सदस्यहरुलाई नेपाली मेलाबारे जानकारी दिँदै सहभागीहरुबाट रायसल्लाह मागेका थिए । कार्यक्रमलाई तीन चरणमा विभाजित गरेको थियो । पहिलो चरणमा नेपाली मेला संयोजकबाट पूर्ण विवरण पेश, क्षेत्र निरीक्षण तथा अन्तमा पत्रकार सम्मेलन सम्पन्न गरेको थियो । पहिलो र दोस्रो चरणको समापनपछि खानपान गरिएको थियो । त्यसपछि सबै पत्रकारहरुको आगमन पश्चात पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।

IMG_0466

पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरु क्रमशः पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष चिरण शर्मा, नेपाली पत्रबाट वाचास्पती रेग्मी, समाजका सल्लाहकार, एभरेष्ट टाईम्स् साप्ताहिकका प्रधान सम्पादक हरिकाजी गुरुङ, गोरखा च्यानलबाट राजेन्द्र भट्ट, रेडियो राईनोका रणजित बस्नेत, फोटो पत्रकार हरिमान गुरुङ, ग्लोबल टिभीका बिशन गुरुङ, फोटो पत्रकार क्यानोन गुरुङ, समाजका सल्लाहकार तथा मेरोयूके डटकमबाट सुमलकुमार गुरुङ रहेका थिए । तमुधिंका मिडिया सचिव रोहित गुरुङका रोहबरमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । यसपालीको नेपाली मेलामा युवाहरुको संगीत संयोजनमा मनोरन्जनात्मक कार्यक्रम सम्पन्न हुने भएको छ । यसका लागि युवाटोलीका संयोजक निशा गुरुङले २ घण्टा लामो युवाहरुको कार्यक्रम बारे प्रकाश पारेकी थिईन । यस कार्यक्रमको प्रमुख प्रायोजक बीयर ब्रुअरी कम्पनी लिमिटेड यूकेले ११०० पाउण्ड बराबरको रकम प्रायोजित गर्नुको साथसाथै कार्यक्रममा बेचिईने बीयरको प्रत्येक पाईन्टबाट आउने पचास पेनी नेपालका भूकम्प पीडितहरुलाई मदद गरिने कुरा कम्पनीकी बारबरा हिग्गीन्सले बताएकी थिईन र प्रत्येक वर्ष यसरी नै प्रायोजन गर्ने प्रत्तिबद्धता प्रकट गरेकी थिईन ।

IMG_0467

पत्रकार सम्मेलनमा चिरन शर्माद्वारा पोहोर सालको नेपाली मेला तथा अतिथिहरुको बारेमा जिज्ञासा राख्दा अतिथिहरुबारे प्रकाश पार्दै यसपटक विशेष गोर्खाहरुले २०० वर्षको बेलायतप्रतिको सैनिक सेवा सम्पन्न गरेको र नेपालको महाभूकम्पका लागि सहयोग गर्ने विशेष कार्यक्रम रहेको कुरा संयोजकले प्रकाश पारेका थिए । सुमलकुमार गुरुङले सहभागी संस्थाहरु अलि कम भएको र राष्ट्रिय मूलधारमा प्रवाह हुनको लागि स्थानीय जनसहभागिता जुटाउने प्रश्नमा संयोजकले सहभागिताको सवालमा कम नभएको र स्थानीय जनसहभागिताका लागि यथासक्दो प्रयास रहेको कुरा बताएका थिए । गोर्खा च्यानलका राजेन्द्र भट्टले दोश्रो पुस्ताका सन्ततिहरुका लागि भाषागत समस्या रहेकोले अंग्रेजी र नेपाली भाषामा पर्चाहरु प्रबन्ध गर्नुपर्ने धारणा पेश गरेका थिए । राईनो रेडियोका रन्जीत बस्नेतले गुर्खा कप र नेपाली मेलाको नामकरणबारे प्रश्न तेर्साएका थिए । यसका लागि संयोजक, पूर्व अध्यक्ष द्वय मेजर डम्बर घले तथा सुभाष सिंह गुरुङले नामाकरणको औचित्य तथा यसबारे प्रष्ट पारेका थिए ।

IMG_0459

एभरेष्ट टाईम्सका प्रधान सम्पादक हरीकाजी गुरुङले नेपाली मेलाको खर्च र नाफाबारे प्रकाश पार्न आग्रह गरेका थिए । यस अवसरमा लण्डन ईकाईका अध्यक्ष डेभिड गुरुङले पत्रकारहरुलाई सबै नेपालीहरुले स्थानीय जनसमूहलाई सहभागिताका लागि उत्प्रेरित गरेर समाचार सम्प्रेषन गर्ने कुरा राखेका थिए । संयोजक नन्दजंग गुरुङले यसवर्षको अन्दाजी खर्च र विगत २वर्षको नाफा नोक्सान बारे प्रकाश पारेका थिए । समाजका वरिष्ठ उपाध्यक्ष ज्ञाम गुरुङले नेपाली मेलाको सकारात्मक सन्देश सम्प्रेषन गर्नका लागि मिडियाकमीहरुलाई आग्रह गरेका थिए । यसै अवसरमा पत्रकार महासंघ, बेलायत शाखाको अध्यक्ष चिरण शर्माले आग्रह गरे बमोजिम पत्रकार महासंघबाट भूकम्प पीडितलाई प्रदान गर्ने सन्दर्भमा ६०० पाउण्ड अध्यक्षले हस्तान्तरण गरेका थिए साथै गोर्खा च्यानलका राजेन्द्र भट्टलाई ५०० पाउण्ड हस्तान्तरण गरेका थिए । लमजुङ समाजका तुलाराम गुरुङले तमुधिं मार्फत भूकम्प पीडितहरुलाई राहतका लागि ३१०८ पाउण्ड दिएका थिए । समाजका श्रीमान तथा श्रीमति होम कुमारी गुरुङले ३०० पाउण्ड र बुद्ध आमा समुहबाट ३०० पाउण्ड प्रदान गरिएको थियो । यसपालीको नेपाली मेलामा सहभागी संस्थाहरु मध्ये हालसम्म २५ संघसंस्थाहरुले सहभागीका लागि मन्जुरी दिईसकेका तथा अझ आउने क्रम जारी रहेको कुरा संयोजकले बताएका थिए । अन्तमा समाजका अध्यक्षले सबैलाई धन्यवाद ज्ञापन गरेर पत्रकार सम्मेलन समापन गरेका थिए ।
IMG_0460