लण्डन । गैर आवासिय नेपाली संघ (NRNA UK) को आशन्न निर्वाचन १३ सेप्टेम्बर २०१५ को प्रयोजनको लागि २४ अगष्ट २०१५ मा प्रथम मतदाता नामावली प्रकाशित भएको छ । गैरअावासीय नेपाली संघ बेलायतबाट प्रकाशित गरिएकाे सूचनामा जानकारी गराइएनुसार अनुसुची २ मा उल्लेख भएका सदस्यता आबेदकहरुको रुजु गर्ने काम तदारुकताका साथ भइरहेको जानकारी गराउनुका साथै पूर्व प्रकाशित सदस्यतासम्बन्धी नियमावलीनुसार (नियमावली १ देखि ८ पूरै आकर्षित हुने छ – तथापि बुंदा नं ५ विषेश) पेश गरेकाे तर कुनै कारणबस नाम समाबेश नभएको पाइएको भए दाबी तथा बिरोध गर्ने समय पूर्व सूचनामा जे तोकिएको भए तापनि अधिकतम आवेदकहरु सदस्य बन्नबाट बन्चित नहुन् भन्ने हेतुले दाबी तथा बिरोधको समय अगष्ट २८, २०१५ अपरान्ह १५०० बजेसम्म बढाइने निर्णय भएको छ । तसर्थ, आफ्नो जायज दाबी तथा बिरोध भएमा तोकिएको समयभित्र [email protected] मा लिखित पठाउनुका लागि गैर अावासीय नेपाली संघ बेलायतका लागि निर्वाचन समिति २०१५ का सदस्य सचिब रामशरण सिम्खडाले बेलायतबासी नेपाली सबैमा अनुरोध गरेकाा छन् ।
दर्खास्तका अनुसूचिहरू निम्न प्रकारका छन् –
नंः एक – (रीतपूर्वक प्राप्त भएको दर्खास्तहरु – अनुसूची १)
नंः दुर्इ – (बैकिङ तथा अन्य कारणले हाललाई जांचबुझ गरिँदैका दर्खास्तहरु – अनुसूचि २)
नंः तीन – (रीतपूर्बक प्राप्त नभएको दर्खास्तहरु – अनुसूचि ३)
प्रतिक्रिया