लन्डन । नेपालमा गएको भूकम्पको पीडालाई बिस्तारै बिस्तारै सबैले बिर्संदै गरे तापनि विदेशबाट भने अझै पनि सहयोगको रकम प्राप्त हुँदै आएकोछ । लन्डनस्थित श्री स्वामिनारायण मन्दिरले नेपालको भूकम्पपीडितहरुकोको सहयोगार्थ यही अगष्ट २९ तारिख शनिबारका दिन २५ हजार पाउण्ड अर्थात लगभग ४२ लाख रुपैयाँ बराबरको रकम सहयोग गरेकोछ । उक्त रकम बेलायतका लागि नेपाली कार्यबाहक राजदूत तेज बहादुर क्षेत्रीलाई लण्डनस्थित नेस्डन मन्दिर ट्रष्टीहरु एपी पटेल र भीएच पटेलले एक समारोह बीच सोही मन्दिर परिसरमा चेक हस्तान्तरण गरेका छन् ।
उक्त समारोहमा बोल्दै कार्यबाहक राजदूत क्षेत्रीले मन्दिरप्रति दूतावासलगायत सम्पूर्ण नेपाल र नेपालीका तर्फबाट धन्यबाद दिँदै सहयोगको सराहना गरेका थिए । साथै भूकम्पपश्चात हाल नेपालको स्थिति बिस्तारै सामान्य बन्दै गएको र पर्यटनका लागि पनि सुरक्षित बन्दै गएको उल्लेख सबैले निर्धक्कका साथ नेपाल भ्रमण गर्न समेत आग्रह गरेका थिए । भूकम्पको सहयोगको लागि बेलायतबाट निकै राम्रो सहयोग मिलेको कुरा ब्यक्त गरेका थिए । भूकप्म्प पीडितको सहयोगार्थ दूतावासमार्फत यसभन्दा अघि करिब ५ करोड रुपैयाँ बढी रकम संकलन भइसकेको र उक्त क्रम अझै जारी रहेकोछ ।
प्रतिक्रिया