लन्डन, नेपालको कास्की जिल्ला घर भर्इ हाल बेलायतको स्वीन्डनमा बसोबास गर्दै आएका नारायण खडका तथा सिर्जना खड्काको ४ बर्षीय छोरा श्रीनिक खड्का केही समयदेखि Acute Myeloid Leukaemia, AML Blood cancer रक्त क्यान्सरबाट पीडित भएका छन् । उनलाई आवश्यक पर्ने बोन म्यारोको लागि इथ्निक माइनोरिटी डोनरको संख्या एकदमै न्यून भएको हुँदा बोन म्यारो कोष खोज्ने क्रममा विश्वका दुर्इ ठूला रक्त क्यान्सरबिरुद्द काम गर्दै आइरहेका Delete Blood Cancer र Anthony Nolan का सङ्ग्रहित तथ्याङ्कमा श्रीनिकको लागि अनुकुल दातासमूह रहेको पाइएकाे छैन । तसर्थ यही अगस्ट ३० तारिखका दिन लन्डनस्थित केम्प्टन पार्कामा आयोजना गरिएको नेपाली मेलामा Anthony Nolan र Health Free Nepal को संयुक्त प्रयासमा एक स्टल राखी सम्पूर्ण इच्छुक महानुभावलाई बोनम्यारो दर्ता तथा नमूना संकलन गरेको थियो । हेल्थ फ्री नेपालका स्वयमसेवकहरुले निकै उत्साहका साथ सहयोग पुर्याएका थिए, सो कार्यको लागि मेलामा सहभागी हुन आएका ब्यक्तिहरुले निकै उत्साहका साथ् भाग लिएका थिए । दर्ता तथा नमूना संकलनमा लगभग ५०० भन्दा बढी ब्यक्तिहरुले आफ्नो नाम दर्ता गराएकाछन् । बेलायतकै सबैभन्दा ठूलो संस्थाका रुपमा परिचित तमूधी यूकेको आयोजनामा गरिएको उक्त नेपाली मेलामा आयोजकको तर्फबाट पनि राम्रै सहयोग गरिएको थियो ।
आयोजकको तर्फबाट पनि इच्छुक व्यक्तिलाई बोनम्यारो तथा नमूना संकलनको लागि आव्हान गरिएको थियो । चिकित्सकका अनुसार सङ्क्रमित रक्तकोषहरुसँग दुरुस्तै मिल्ने कोषहरु प्रवल सम्भाव्यता पीडितकै परिवार, वर्ग, समुदाय, जातीय समूह तथा आसपासका वातावरणीय समूहहरुमा मात्र मिल्ने बढी सम्भावना भएकोले नेपालि तथा दक्षिण एसियाली समुदायलाई नै लक्षित गर्नुपर्ने हुन्छ । गत जनवरीमा मात्र पत्ता लागेको उक्त रोग मानिस तथा जीवजन्तुको शरीरमा पाइने रातो तरल पदार्थ हो जसले शरीरको कोषमा आवश्यक पदार्थ जस्तै पोशाक तत्व र अक्सिजन पुर्याउछ । यो प्लाज्मा र रक्त कोषको समीश्रणले बनेको हुन्छ । बोन म्यारो त्यस्तो तत्व हो जुन हत्तपत्त कसैसँग मिल्दैन तसर्थ थुप्रै ब्यक्तिहरुको परीक्षण गर्नुपर्ने हुन्छ । प्रारम्भिक चरणमा केमोथेरापीको उपचार गरे तापनि पछि लुकेमीयाको उच्च जोखिम रहेका कारण डाक्टरले बोन म्यारोको प्रतिस्थापन गर्नुपर्ने सल्लाह दिएका थिए । एसियन मूलको ब्यक्ति भएका कारण उस्तै किसिमको बोन म्यारो पाउन गार्हो भएको ब्लड क्यान्सर च्यारिटी संस्था एन्थोनी नोलान्ले बताएकोछ । यदि कसैले सहयोग गर्न चाहेको खण्डमा सजिलै संग अनलाइन मार्फत परिक्ष्यण कीट मगाएर त्यसको नमूना सम्बन्धित ठाउँमा पठाउन सकिनेछ । यदि उक्त नमुना बिरामीसँग मिल्न गएमा सम्पर्क गरी बोन म्यारो डोनेशनको लागि अनुरोध गरिनेछ ।
आफै परिक्षण गर्न चाहनुहुन्छ भने किट अर्डरको लागि निम्न लिंकमा क्लिक गर्नुहोला ।
www.anthonynolan.org/register (16 – 30 yrs)
www.deletebloodcancer.org.uk (17 -55 yrs)
http://marrowdrives.org/bone_marrow_donor_programs.html
http://www.deletebloodcancer.org (USA)
http://www.abmdr.org.au (Australia)
http://datriworld.org (India)
प्रतिक्रिया