लण्डन । नेपाल सरकारले हस्तलिखित राहदानीलार्इ विस्थापित गर्दै मेशिन रिडेबल पासपोर्ट बनाउन सबैलाई आह्वान गरिसकेको छ । हस्तलिखित पासपोर्टको म्याद यही २४ नोभेम्बर २०१५ अर्थात् ०८ मङ्सिर २०७२ का दिन समाप्त हुँदैछ । त्यसपछि सम्पूर्ण हस्तलिखित राहदानीहरु नचल्ने अर्थात् हस्तलिखित पासपोर्टहरुलाई मान्यता नदिइने भन्ने अन्तर्राष्ट्रिय नागरीक उड्डयन संगठन ICAO को प्रावधान रहेको हुँदा नेपालीहरु सबैले जतिसक्दो चाँडाे(MRP) मेशिन रिडेबल पासपोर्ट बनाउनु हुन सम्बद्ध सबैमा दूतावास हार्दिक अनुरोध गर्दछ । साथै विदेशमा बसेर हस्तलिखित राहदानीमा रहेका आफन्तजनहरुलाई नेपाली राजदूतावासहरुमा सम्पर्क गरी MRP बनाउनको लागि जानकारी गराउनु हुनसमेत अनुरोध गर्दछ र समयमै आफ्नो राहदानीलार्इ मेशिन रिडेबल पासपोर्टमा परिवर्तन गरी ढुक्क भएर बस्नुहुन अाग्रह गरेकाे छ । बिस्तृत जानकारीको लागि सम्बन्धित मुलुकको दूतावासमा सम्पर्क राख्नुहोला | सुन्नको लागि तल क्लिक गर्नुहोला।
[youtube]https://youtu.be/SrB4CVH-Z7w[/youtube]
प्रतिक्रिया