लन्डन । बेलायतस्थित नेपाली अनलाइन न्युज पाेर्टल नेपालब्रिटेन डट कमले बेलायतस्थित विभिन्न क्षेत्रका चर्चित १० ब्यक्तिको छनोट गरेको छ । नेपालब्रिटेन डट कमकाे टिमले आफ्नो ९ औं वर्ष पुगेको अवसरमा प्रकाशित गरेको चर्चित १० नेपालीको पहिलो नम्बरमा डा. कपिल रिजाल परेका छन् । डा. रिजालले नेपालमा गएको भूकम्पपछि उनले खेलेको भूमिका एकाएक चर्चामा आएको हो । उनले गोरखा, धादिङ र सिन्धुपाल्चोकलगायतका जिल्लामा भूकम्पले घाइते बनाएका व्यक्तिको उपचारमा खटिएका थिए । उनले गोर्खा, धादिङ, सिन्धुपाल्चोकमा १ हजार दुई सय ५० सर्वाभल बक्स, ९ सय टेन्ट र एक सय ५० स्लिपिङ ब्याग वितरण गरेका थिए । यस्तै दोस्रो नम्बरमा ब्यवासायिक नर्स प्रसुना कंडेल परेकी छन् । नेपालब्रिटेन डट कम् ले आफ्नो बाषिर्क उत्सव पारेर हरेक बर्ष १० जनालाई मिडिया प्रसनालिटी अफ दी एअरको उपाधीले सम्मान गर्दै आएको छ । पछिल्लो बर्ष चर्चा कमाउने अन्य नेपालीमा क्रमशः सरला थापा, रामशरण सिम्खडा, रविजंग लामिछाने, डा. हेमराज शर्मा, काजी शेर्पा, ओम थापा, सचिन श्रेष्ठ र हितकाजी गुरुङ रहेका छन् । नेपालब्रिटेन डट कम् ले उनीहरुलाई नोभेम्बर महिनामा बिषेश कार्यक्रम गरी सम्मान गर्ने तयारी गरेको छ । अनलाइनले चर्चित ब्यक्तिको छनोटका लागि नोमिनेशन गर्न जुलाई महिनामा सार्वजानिक सूचना जारी गरेको थियो । तोकिएको समयभित्र प्राप्त करिब ३ दर्जन नामबाट उक्त छनोट गरिएको हो ।
प्रतिक्रिया