पोर्न भिडियोको लत खतर्नाक

पोर्न भिडियोको लत खतर्नाक


885945-illustration-eric-lobbeckeतपाईं कत्तिको पोर्न भिडियो हेर्न रुचाउनुहुन्छ ? यदि यस्तो लत लागेको छ भने सावधानी अपनाइहाल्नु वेश । किनकि, अमेरिकामा गरिएको एक सर्भेले पोर्न भिडियोको लतले मानिसलाई मानसिक रोगी तुल्याइदिने प्रबल सम्भावना औँल्याइदिएको छ । हुन त कतिपयको मान्यता छ कि यौनजीवनको सुख–सफलताको निम्ति पोर्नले सञ्जीवनीको काम गर्छ, तर यसविपरीत पोर्न भिडियो हेर्ने बानी गर्नु आफूलाई सैतान तुल्याउनु हो जसले गर्दा सेक्स–पार्टनरमा यथार्थवादी चाहना पैदा भई विकृतितिर लैजान्छ भन्नेहरूको पनि संसारमा कमी छैन । केस वेस्टर्न रिजर्भ युनिभर्सिटीले गरेको ताजा अध्ययनपछि प्रकाशित प्रतिवेदनमा दाबी गरिएअनुसार पोर्नको लतले व्यक्तिको मानसिक स्वास्थ्यमा अत्यन्त छिटो दुष्प्रभाव पार्न सक्छ । अश्लील भिडियो हेर्ने भनेपछि हुरुक्कै हुने व्यक्तिमा अवसाद (डिप्रेसन), रिस र तनावजस्ता मानसिक विकार जन्माउने कार्यमा यसको ठूलो हात रहन्छ ।
-नवीन उप्रेती