अस्ट्रेलियाको क्यानबेरामा यतिबेला एउटा भेडोले निकै चर्चा पाएको छ । क्रिस नाम दिइएको उक्त भेडो सहरबाहिरको जङ्गलमा भट्किएको अवस्थामा फेला परेको थियो । सुरुमा झट्ट हेर्दा त्यो भेडो हो कि भेडाका ऊनको थुप्रो मात्र हो भनी खुट्याउनै कठिन प-यो, किनकि, त्यसको शरीरमा अस्वाभाविक तवरले रौँ झ्याङ्गिएको थियो । उक्त भेडाको शरीरको रौँ निकाल्ने काम पनि एक चुनौती नै बनेको थियो भने नेसनल सियरिङमा चारपटक च्याम्पियन बनिसकेका इयान एल्किन नामक व्यक्तिले सो चुनौतीको सामना गर्दै सावधानीका साथ रौँ निकाल्ने काम गरे । एकपटकमै उक्त भेडोबाट ४० केजीभन्दा बढी ऊन निकालिएको थियो । शरीर सानो भए पनि छालाको पत्रमाथि पत्र पैदा भई हरेक पत्रमा ऊन निस्कने संसारकै सबभन्दा बढी ऊन दिने उक्त विचित्रको भेडोमाथि सम्बन्धित विज्ञहरूले अनुसन्धान गरिरहेका छन् ।
प्रतिक्रिया