नेपालको नयाँ संविधान–२०७२ जारी भएपछि स्वास्थ्य क्षेत्रमा समेत नयाँ उत्साह जागेको अनुभूति गरिएको छ । नयाँ संविधानको विभिन्न क्षेत्रबाट स्वागत भइरहेका बेला ललितपुरको अल्का अस्पतालले पनि नयाँ संविधान जारी भएको दिनलाई उत्सवका रूपमा मनाएको छ । दुई सयभन्दा बढी कर्मचारी सहभागी भएर राष्ट्रिय झन्डासहित गत आइतबार जाउलाखेलमा दीपावलीका साथै विभिन्न कार्यक्रमको आयोजना गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले बताए । अस्पतालले दीपावलीका साथै राष्ट्रिय झन्डासहित पुल्चोकबाट जावलाखेलसम्म -यालीसमेत आयोजना गरेको थियो । जावलाखेलमा आयोजित कार्यक्रममा राष्ट्रिय गान बजाएर नाचगान पनि गरिएको थियो । -यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै निजी अस्पतालको छाता सङ्गठन अफिनका वरिष्ठ उपाध्यक्षसमेत रहेका थापाले नयाँ संविधान लागू भएसँगै मुलुकमा विकास र समृद्धि छाउने विश्वास बढेकाले निजी स्वास्थ्य संस्था निकै उत्साहित भएको बताए ।
प्रतिक्रिया