शान्ति ल्याउँछौँ भन्ने नेताहरूलाई केही सुझाब

शान्ति ल्याउँछौँ भन्ने नेताहरूलाई केही सुझाब


१) नेपाल र नेपाली जनता लडाकु व्यवस्थापन, राज्य पुनर्संरचना र कब्जा सम्पत्तिजस्ता तीन मूल राजनीतिक समस्याबाट ग्रसित छन् ।
२) लडाकु व्यवस्थापनबारे जेठ १४ पछि पनि छापामा विचारहरू आइसकेका छन् । काङ्ग्रेसको सिपाही/नेता नारायण खड्काले ६ हजारसम्मलाई प्रहरी, सेनामा लिन कठिनाइ नहोला भनेर कान्तिपुर पत्रिकामा आफ्नो विचार पोख्नुभएको थियो । यही असार १८ को एक दैनिक पत्रिकामा विज्ञ केशर भण्डारीको विचार पनि आएको थियो । प्रधानमन्त्री पदमा जोसुकै भए पनि राष्ट्रलाई सैनिक/प्रहरी वारि्षक व्ययभार बढी नहुने गरी लडाकु व्यवस्थापन गर्नु उत्तम विकल्प हो । यस तथ्यलाई मध्यनजर गर्दा बढीमा पाँच हजार सङ्ख्या उचित हुन्छ । दलहरूले कति सङ्ख्यामा सम्झौता गर्छन्, सो छँदै छ । जो समायोजनमा पर्ने छैनन् उनीहरूलाई जनही दस लाख दिएर समाजमा प्रतिस्थापन गर्ने । जनही दस लाख दिने कुरामा दलहरूले कञ्जुस्याइँ गर्नु भएन ।
३) राज्य संरचनाका लागि जेठ १४ मै नेता नरहरि आचार्यले ६ वटा प्रदेशको खाका ल्याउनुभएको छ । यसलाई विस्तृत रूपमा सबै दलले हेरी व्यापक रूपमा परिमार्जन गरी आठवटासम्म राज्य संरचना गर्न कठिनाइ नहोला ।
४) तर्राई/मधेसमा समस्याहरू जटिल छन् भन्नेमा सन्देह छैन । यो समस्या सुल्झाउन वार्ता नै र्सार्थक उत्तम विकल्प हो । महन्त ठाकुर, हृदयेश त्रिपाठी, उपेन्द्र यादव, विजय गच्छेदार, जयप्रकाश गुप्तालगायतका मधेसी नेताहरू शान्तिकामी तथा लोकतान्त्रिक हुनुहुन्छ, तर्सथ वार्ताबाट समस्या सुल्झिनेछ भन्नेमा हामी आशावादी छौँ ।
५) प्रदेशको नाम राख्ने कुरामा एउटा प्रदेशको नाम कोसी प्रदेश राख्ने र सोमा मेचीका चार जिल्ला एवम् मोरङ, सुनसरी तथा धनकुटा समावेश गर्ने । प्रदेशको अड्डाअदालतमा सम्पूर्ण मातृ/स्थानीय भाषालाई ठाउँअनुसार स्वायत्तता प्रदान गर्ने । अर्कोको नाम जनकपुर प्रदेश राख्ने र सोमा जनकपुरका ६ जिल्ला, नारायणीका पाँच जिल्ला तथा सिराहा, सप्तरी गरी जम्मा १३ जिल्ला -तर्राई ९, पहाड ४) समावेश गर्ने । शर्ेपा प्रदेश जो माग गरिएको छ सो नगरी त्यसको ठाउँमा पूर्वका बाँकी सात जिल्ला मात्र समावेश गरी सगरमाथा प्रदेश कायम गर्ने । कोसी, जनकपुर तथा सगरमाथा प्रदेशजस्तै बागमती, लुम्बिनी, गण्डकी, कर्णाली तथा महाकाली प्रदेश गरी बढीमा आठ राज्य संरचना कायम गर्न सकिनेछ । दिवंगत नेता गिरिजाबाबुको यस्तै मत थियो । अहिले बीपी, गणेशमान, पुष्पलाल, गजेन्द्रबाबु हामीबीच हुनुहुन्थ्यो भने पनि अवश्य यस्तै संरचना चाहनुहुन्थ्यो । यसरी सोचौँ सबैले । मेरो विनम्र अनुरोध छ सबै नेतालाई । नेपालमा जनकपुर मेरो पनि प्राण हो । स्थानीय/मातृ भाषाहरू सबै स्वायत्त हुनेगरी एउटा प्रदेश जनकपुर प्रदेश माग गर्छु । तामाङ, थारू, भोजपुरी तथा मिथिला सबै मातृ भाषा । जातलाई अघि बढाउन शिक्षामा बम्पर जोड दिने । प्राविधिक शिक्षामा विशेष जोड दिने कामलाई आजको नेपालको अपरिहार्य विषय बनाइनुपर्छ । सिमान्तकृत तथा अल्पसङ्ख्यक जनतालाई आरक्षणसम्बन्धी अन्य धेरै व्यवस्था राष्ट्रले गर्न सक्नेछ ।
६) मधेस जनअधिकार फोरमका उपाध्यक्षले हलेसी प्रदेशको नामबाट संरचना माग गर्नुभएको केही महिनाअघि छापामा देखेको थिएँ । नेपालको तीनवटा विशिष्ट भूभागहरू मधेस, पहाड तथा हिमाल मधेसी, पहाडे प्रत्येक नेपालीका लागि प्राणभन्दा प्यारो छ । यी तीनै भूभाग नेपाली मात्रबाट सञ्चालित छन्, विदेशी कोही छैन यहाँ । एउटा प्रदेशको नाम स्वायत मधेस प्रदेश वा मधेस एक प्रदेश हामीले नामकरण गरे पनि भोलि हलेसी उपप्रदेशहरूमा विभिन्न समस्याहरू बम्पर रूपमा समाधान गरेनौँ भने मधेस एक प्रदेश नामकरण पनि अर्थ न र्व्यर्थको हुनेछ । तर्सथ उपाध्यक्ष गुप्ताज्यूको जस्तो सोझै हलेसी प्रदेशहरूसम्बन्धी स्वस्थ सोचको खाँचो छ नेपाललाई । गुप्ताज्यू मुरीमुरी धन्यावादको पात्र हुनुहुन्छ, म मात्र होइन प्रत्येक नेपालीका लागि । हलेसी, जनकपुर, कोसी तथा लुम्बिनी आदिको नामबाट बढीमा आठ राज्य संरचना तथा जात भाषाले भोगेको समस्या राष्ट्रिय तवरमा बम्पर रूपमा समाधान, मोड यो नेपालको । सबै दलले यसलाई स्वीकार गरे कति राम्रो हुने थियो र शान्ति आउन पनि कठिनाइ कहाँ हुन्थ्यो र –
७) अहिले त राष्ट्रले समाजसेवी कुलचन्द्र गौतमज्यूको अध्यक्षतामा अन्तर्राष्ट्रिय बुद्ध शान्ति पुरस्कार पनि घोषणा गरेको छ । अन्तर्राष्ट्रियस्तरको कुनै सङ्घ/संस्था वा व्यक्तिभन्दा पनि नेपालकै कुनै संस्था वा व्यक्तिले यो पुरस्कार पाओस् भनी हाम्रो शुभकामना हुनुपर्छ । नेताहरूमा खासगरी काङ्ग्रेसका नेतात्रयज्यूहरू, प्रदीप गिरीज्यू, प्रकाशमान सिंहज्यू, सुजाता कोइरालाज्यू, प्रचण्डज्यू, बाबुरामज्यू, महन्तज्यू, उपेन्द्रज्यू, विजयज्यू, माधवज्यू, झलनाथज्यूले शान्तिका लागि राम्रोभन्दा राम्रो रोल अवश्य खेल्नु नै हुनेछ ता कि पुरस्कार पनि उहाँहरूमध्ये एकजनाले वा उहाँहरूको दलले पाओस् भनी अग्रिम शुभकामना किन नदिने – हो, तर नेताहरूले शान्ति ल्याउनु पर्‍यो । नेपाली जनता जहिल्यै शान्ति तथा लोकतान्त्रिक संविधानको पक्षमा प्रयत्नशील छन् । तर्सथ गौतमज्यूको समितिले तमाम जनतामध्ये कोही शान्ति ल्याउन सुरुदेखि प्रयत्नशील छन् भने तिनलाई पनि अवश्य प्रथमिकतामा समावेश गर्नु नै हुनेछ ।
८) महत्मा बुद्धको देश नेपाल साथै छिमेक भारतमा गान्धीजी जस्तो सन्त जन्मनुभयो । नेपालमा पनि श्रद्धेय बीपी, गणेशमानजी, पुष्पलालजी, मनमोहनजी तथा गिरिजाबाबु अवश्य पूर्ण शान्तिप्रिय हुनुहुन्थ्यो । प्रचण्डज्यू, बाबुरामज्यूहरूले शान्ति, लोकतान्त्रिक संविधानका लागि राम्रो रोल खेल्नुभयो भने नेपालमा शान्ति तथा नयाँ संविधान किन नआउला, अवश्य आउनेछ । हामी आशावादी हुनुपर्छ, सहमति तथा शान्ति अवश्य आउनेछ ।
अन्त्यमा, नेपालमा गणतन्त्र आएपछि हालै जुन पदक/विभूषण घोषणा भयो, यसमा न्याय भएन, तर्सथ सोको जति विरोध गरे पनि कम हुन्छ ।
– प्रसन्नकुमार कोइराला, सानेपा

भ्रष्टाचारी नंग्याउने माओवादी अभियान
हाम्रो पार्टी नेकपा -माओवादी)ले १० वर्षो जनयुद्ध, ऐतिहासिक दोस्रो जनआन्दोलन र सम्पूर्ण मुक्तिकामी आन्दोलनहरुको नेतृत्व गर्दैआएको जगजाहेरै छ । यस पार्टीले नेपालका सबै उत्पीडित वर्ग, समुदाय र समस्त पिछडिएका जातजातीको मूक्तिका लागि विभिन्न रुप र प्रकृतिका मुक्तिकामी आन्दोलन चलाउँदै आएको छ । तर, अहिले आएर सुधारवादी नेतृत्व, मण्डले राष्ट्रवाद र दक्षिणपन्थीहरुको दलाली गर्ने मुख्य ए. माओवादीसमेत क्रान्तिको बाटोबाट बिचलित भइसकेको अवस्था छ र राष्ट्रिय राजनीति ओझेलमा परेको कारणले गर्दा देशभित्र भ्रष्टाचार दिन दुई गुणा रात चौगुनाका हिसाबले मौलाउँदै छ, देश भ्रष्टहरुको चंगुलमा परिरहेको छ ।
यो थाहा पाउँदापाउँदै र भुक्तभोगी बन्दाबन्दै पनि हामी जनता चुप लागी बस्यौँ भने मुलुक पुरै असफल र नेतृत्वविहीन हुन पुग्ने छ । तर्सथ, सिंगो देशभित्र विभिन्न निकायमा रहेका भ्रष्टाचारीहरुलाई कालोमोसो दली नंग्याएर कारबाही सुरु गरिने उद्घोष हाम्रो पार्टी गर्दछ । यसको सुरुआत बन विभागका भ्रष्टलाई मोसो दलेर भइसकेको छ । यस कार्यमा सचेत नागरिक समाज, युवा, विद्यार्थी, कर्मचारी एवम् समस्त जनसमुदाय सहभागी भई सहयोग पुर्‍याउनु हुन हाम्रो अनुरोध छ ।
– सुजन, काठमाडौ जिल्ला सेक्रेटरी
नेवाः राज्य समिति, ने.क.पा. -माओवादी)