सफलताको कथा
सानै छँदा उनकी आमाले साधारण बिरामी पर्दा उपचार नपाएर संसार छोड्नुपर्यो । घरको आर्थिक अवस्था कमजोर भएकाले केही खेतबारी भएर पनि ढुक्कसँग खान-लाउनसमेत दुःख थियो । चार दाजुभाइमध्ये जेठा उनले घरका अनेक काममा पनि सघाउनैपथ्र्यो र गाउँमा माध्यामिकस्तरको पढाइ हुने विद्यालय नभएकोले तीन घन्टाको बाटो पैदल हिँडेर पनि उनी रामकोटदेखि रानीपोखरीछेउमा अवस्थित दरबार हाइस्कुलसम्म पढ्न धाउनुपथ्र्यो । जसोतसो एसएलसीसम्म पढेपछि पढाइमा त्यहाँभन्दा अघि बढ्ने वातावरण नै भएन । उमेर १७/१८ पुगिसकेको थियो । त्यसपछि शरीरमा पहिरिएको एकसरो र्सट-पाइन्ट र चप्पलकै भरमा सिङ्गो जिन्दगीको भविष्य खोज्न उनी ठमेल प्रवेश गरे । कसकहाँ जाने, के काम गर्ने, कुनै टुङ्गो थिएन । २३-२४ सालको ‘हिप्पीमय’ ठमेलको तामझाम देखेपछि उनले र्’पर्यटन’मै रमाउने निधो गरे । एक सानो गच्छेको गेस्टहाउसको कामदारका रूपमा एयरपोर्टबाट विदेशी यात्रु ल्याउनेदेखि तिनलाई ‘ए टु जेड’ सरि्भस दिने काम सुरु गरे उनले । वि.सं. २००७ असार १५ का दिन जन्मिएका उनले भोगेका त्यहाँदेखि यहाँसम्मका सङ्घर्ष-कथा या भोगाइका अनुभूति अनेक छन् । र, रित्तै ठमेल छिरेका उनी आज पर्यटन क्षेत्रका सबैको रोजाइ ‘ठमेल’ छोडी चक्रपथबाहिर निस्केर पनि होटल चलाएरै करोडौँका मालिक बन्न पुगेका छन् । होटल मेलुङ्चेका सञ्चालक कुमार गिरीको सफलताको कथा यो ।
ठमेलको होटल माउन्ट भ्यूमा चार/पाँच वर्ष काम गर्दानगर्दै मार्केटमा के हल्ला चलेछ कुन्नि, अलिक नाम चलेका स्टारवाला होटलहरूले कुमारलाई कामको अफर दिएर बोलाउन थाले । यसरी ठमेल छिरेको छ-आठ वर्षमै कुमार गिरी सोल्टी क्यासिनोमा रिसेप्सनिस्ट बन्न पुगिसकेका थिए । एरिक नामका विदेशी म्यानेजरले एक नजरमै सेलेक्ट गरेको र सोल्टी क्यासिनोका मालिक आरडी टटलले बेलाबेलामा ‘यु आर भेरी पर्फेक्ट’ भन्दै प्रशंसा गर्ने गरेको अहिल्यैजस्तो लाग्छ कुमारलाई । आजका गोदावरी रिसोर्टका मालिक श्रीधर आचार्य त्यतिबेला त्यहाँ चिफ एकाउन्टेन्ट थिए भने कुमार गिरी पनि काम सुरु गरेको केही वर्षमै त्यो समयको ‘ह्यान्डसम स्यालरी’ मासिक ९ सय बुझ्न पाएर दङ्ग पर्थे । कुमारको कामप्रतिको लगाव, मिहिनेत र छरितोपनको चर्चा ठमेल तथा पर्यटन व्यवसायसँग सम्बन्धित यत्रतत्र हुन थालेछ, उनलाई शंकर होटलबाट अफर आयो । आजभन्दा बत्तीस-पैंतीस वर्षअघि १०-१२ हजार तलब शंकर होटलले दिएपछि लगातार दस वर्ष त्यहीँ पसिना बगाए उनले । पसिना बगाएअनुरूप केही रकम जोगाड पनि भयो । त्यसपछिचाहिँ ‘अर्काको काम नगर्ने, भोकै परे पनि आफ्नै सुर गर्ने’ सोचका साथ फि्रलान्सर गाइड बनेका कुमारले लगातार बीस वर्ष पर्यटकलाई गाइड गरेरै गुजारे । विदेशी यात्रुको साथ लागेर कहिले नगरकोट त कहिले मुक्तिनाथ, कहिले कहाँ त कहिले कता बैंस बितेकोसमेत पत्तो भएन उनलाई, तर त्यतिबेला खासै कसैको आँखा नलाग्ने क्षेत्र, अर्थात् चक्रपथबाहिरै भए पनि घर-जग्गा जोड्नेसम्मको आर्थिक उपार्जनचाहिँ भइसकेको थियो ।
०४६ सालमा प्रजातन्त्र पुनर्स्थापन भयो । अब देश समृद्धितर्फ उन्मुख हुन्छ, केही गर्छर्ुुन्ने व्यक्ति/व्यवसायीले अवसर र राज्यका तर्फबाट साथ-सहयोग पाउँछन् भन्ने भावना चौतर्फी जागृत भयो । उत्साह-उमङ्गको यही लहरमा कुमार गिरीभित्र पनि एउटा मौलिक किसिमको गेस्टहाउस सञ्चालन गर्ने रहर पलायो । नेपाल घुम्न आउने पर्यटकहरूको चाहना, भावना र व्यवहार कस्तो हुन्छ भन्ने चुरोदेखि नै बुझिसकेका कुमारले बैंकबाट ऋण लिएर चक्रपथबाहिर -मण्डिखाटार नजिकै) सुनसान खेतबारीको बीचमा एक रोपनी जमिनमा रहेको आफ्नै निवासलाई गेस्टहाउसको रूप दिने अठोट गरे । आफ्नो चाहनाअनुरूप अघि बढ्न कम्तीमा पनि २० लाख आवश्यक पर्ने ठहर गर्दै राष्ट्रिय वाणिज्य बैंकको ढोका ढक्ढक्याउन पुगे कुमार । २०४८ सालमा सो बैंकका कार्यकारी प्रमुख थिए डा. तिलक रावल । कुमार गिरीले आफ्नो प्रस्ताव सुनाएर २० लाख ऋण माग गर्नेबित्तिकै बैंकका अध्यक्ष डा. रावलले हप्काउने शैलीमा कुमारलाई भनेछन्, ‘ठमेलका होटल चलाउन गाह्रो पर्न थालेको अवस्थामा तपाईं चक्रपथबाहिर सुनसान लोकेसनमा गेस्टहाउस खोलेर कसरी ऋण तिर्नुहुन्छ – बैंक ठग्न र डुबाउन खोजेको हो कि कसो -‘ होटल भन्नेबित्तिकै ठमेलतिरै या सबैको आँखामा पर्ने चोक-बाटोमा हुनुपर्छ भन्ने धारणाको उपज थियो गिरीमाथि रावलको उक्त सवाल । तर, अनकन्टार गल्लीभित्र गेस्टहाउस खोलेर सञ्चालन
गरेरै देखाउने ‘भूत सवार’ भइसकेको थियो कुमारमा । उनले सोचे, ‘बैंक डुबाउने होइन बरु मिहिनेत गरेर राज्यकोषमा केही अंश थपिदिने काम नै गर्न लागेको हुँ, कतिपय व्यापारीलेझैँ भीर-पाखा र बगर धितो राखेर ऋण लिई चम्पट हुन लागेको भए पो -, इमानसाथ काम गरेर आफ्ना लागि मात्र नभई पर्यटन सेवामार्फत देशकै सेवा गर्न खोजेको पो हुँ ।’ यही भावनाबाट प्रेरित कुमारले १७-१८ प्रतिशत ब्याजमा भए पनि ऋण हासिल गरिछाडे ।
केही महिना पूरै सुक्खा बित्यो । तर, कुमारले हरेस खाएनन् । लामो समयको पर्यटन व्यवसायसँगको सम्बद्धताले थुप्रै स्वदेशी तथा विदेशी मित्र जुटाइदिएको थियो कुमारलाई । बिस्तारै उनीहरू सर्म्पर्कमा आउन थाले । अहिलेजस्तो इ-मेल, इन्टरनेटको जमाना नभएकोले व्यक्तिगत सम्बन्ध नै काममा आउँथ्यो । अन्ततः उनको ‘मेलुङ्चे’ले गति लिइछाड्यो । तर, समस्या र दुःखका दिन समाप्त भइसकेका थिएनन् । बडो आशा गरिएको प्रजातान्त्रिक शासन व्यवस्था नेताहरूको अकर्मण्यता र व्यक्तिगत तथा समूहगत स्वार्थका कारण छिट्टै विकृत बन्न थालिसकेको थियो भने माओवादी जनयुद्ध पनि सुरु भइदियो । जसको असर पर्यटन क्षेत्रमा अत्यन्त नकारात्मक रूपमा पर्यो । जनयुद्ध उत्कर्षमा पुग्दासम्ममा चाहिँ कुमारले बैंकको ऋण करिब-करिब चुक्ता गरिसकेका थिए, तर्सथ माओवादीको युद्ध र सङ्कटकाल, राजाको सक्रिय शासन, पछिल्लो लोकतान्त्रिक आन्दोलनजस्ता अस्थीर राजनीतिक वातावरणमा पनि कुमारले आफ्नो व्यवसाय टिकाइराख्न सके । भूमिगत रूपमा आन्दोलित माओवादी ‘सेफल्यान्डिङ’ भएलगत्तै पुनः एक करोड लोन लिएर होटलको दायरा बढाएका कुमारले यतिबेला ९ वटा स्विट रुमसहितको १९ कोठे होटल सञ्चालन गरिरहेका छन् । आज विश्वका अनेक मुलुकबाट धनाढ्यदेखि औसत वर्गका पर्यटकहरू ‘होटल मेलुङ्चे’का लागि आज ग्राहक खोज्दै एयरपोर्ट तथा ठमेलतिर भौंतारिने जरुरत छैन कुमारलाई, सोध्दै-खोज्दै पाहुना आफैं आइपुग्छन् । इन्टरनेटले पनि सजिलो बनाइदिएको छ र एकपटक बास बस्न आएको ग्राहक दोहोर्याएर नेपाल आउँदा अन्यत्र बास बस्नै नजाने, सोझै शान्त-सुन्दर स्थलमा अवस्थित मेलुङ्चेमै आइपुग्ने गरेका बताउँछन् कुमार । हिजो केही लाख ऋण आवश्यक पर्दा बैंकले अनेक सवाल र शङ्का गथ्र्यो भने आज कमभन्दा कम प्रतिशत ब्याजमा करोडौँ लिइदिन तिनै बैंकले आग्रह गर्छन् उनलाई । मिहिनेत र इमानदारीको स्वाद यसरी लिइरहेछन् उनी ।
गलत नियतले गेस्टहाउस छिर्न खोज्नेहरूलाई कडाइका साथ निषेध गर्दै आएका कुमारले आफ्नो होटलको साख यसरी बढाएका र जोगाएका छन् कि उनलाई यसैबाट मिलेको प्रतिष्ठाले देश-विदेश सयर गराएको छ । ‘पैसा कमाउनु नै ठूलो कुरा ठानेर जे-सुकै गर्न छुट दिने हिसाबले म चल्थेँ भने अकुत कमाउन सक्थेँ, तर व्यवसायसँगै सामाजिक नैतिक मूल्य-मान्यताहरू पनि ख्याल गर्नुपर्ने हुन्छ, मैले त्यो पालना गरिरहेको छु । आफूले कमाएर सालिन्दा राज्यलाई पनि लाखौँ कर इमानदारीका साथ बुझाइरहेको छु र आफ्नोस्तरबाट विदेश तथा विदेशीमाझ देशको कर्ीर्ति फैलाउने काम नै म गरिरहेछु,’ कुमार गर्वका साथ सुनाउँछन् ।
मेलुङ्चेमा एकपटक बास बसिसकेको पर्यटक कुनै कारणवश अर्कोपटक ठमेलको होटलमा बस्न बाध्य हुँदा भन्दोरहेछ, ‘बा † मेलुङ्चेको बसाइ कति शान्त र आनन्ददायी छ, यो ठमेलमा त कसरी रात काट्ने -‘ यसरी पर्यटकहरूले नै राम्रो प्रचार गरिदिँदा आफूलाई सन्तुष्टि र हौसला मिलेको कुमार बताउँछन् । र्
पर्यटक भनेकै नयाँ ठाउँमा नयाँ-नयाँ कुरा हेरेर-भोगेर खर्च गर्न आउने हुनाले उनीहरूको चाहना बुझेर सेवा-सत्कार प्रदान गर्न सक्नु नै पर्यटन क्षेत्रमा लागेकाहरूको धर्म र कर्तव्य हो भन्ने मान्यता राख्ने कुमार गिरी एक-अर्कालाई साथ-सहयोग दिएर टेवा पुर्याउनुको साटो खुट्टा तान्ने ‘नेपाली-प्रवृत्ति’बाटचाहिँ वाक्क-दिक्क छन् । उनी आफ्नो क्षेत्रमा आफैं पनि यदाकदा यस कु-संस्कारबाट पीडित बनेका छन् भने अन्य क्षेत्रमा अरू पनि पीडित बनेका उनले देखेका छन् । यसरी अर्काको इष्र्या गर्ने, छर-छिमेकीलाई र्टचर दिने, मनोबल गिराउन खोज्ने प्रवृत्तिले नेपालीजनबाट बिदा पाइदिए नेपाल छिटो उन्नतिको मार्गमा लम्कने थियो भन्ने विचार व्यक्त गर्छन् गिरी । राजनीतिको अस्वस्थ अवस्था, नेताहरूबीच पदीय लुछाचुँडी, आर्थिक उन्नति र देश विकासका निम्ति आवश्यक अवधारणा वा क्षमताको उनीहरूमा अभाव, जनस्तरमा शिक्षा वा मुलुकप्रतिको दायित्व-चेतको कमीजस्ता कुराले मात्र नेपाललाई पछिपारेको उनको ठहर छ । नयाँ नेपाल बनाउने मीठा भाषण गर्ने नेताहरू जम्मा पाँच वर्षका लागि दलीय वा व्यक्तिगत स्वार्थ बिर्सेर देश बनाउने कुरामा एक हुने हो भने अबको पाँच-दस वर्षभित्रै नेपाल सिङ्गापुर बन्न सक्ने कुमारको दाबी छ । विदेशीहरू यहाँ ठूला बिल्डिङ, झलमल्ल सहर, चिप्ला बाटा हेर्न, आरामदायी होटलमा सुत्न आएका होइनन्- उनीहरू मौलिक नेपाल र यहाँको प्रवृत्ति, संस्कृति, जनजीवन, अलौकिक वस्तु वा स्थान हेरेर आनन्द प्राप्त गर्न चाहन्छन् । त्यस्ता कुरामा नेपाल धनी छ- तर सही तरिकाले प्रस्तुत गर्ने सवालमा हामी पछिपरिरहेका छौँ भन्ने बुझाउन चाहन्छन् कुमार गिरी ।
भारत र चीनका ०.१ प्रतिशत मात्र पर्यटक यहाँ आकरि्षत गर्न सकिने हो भने पर्यटन क्षेत्रले नै तीन करोड नेपालीलाई पाल्न सक्ने दाबी गर्दै उनी थप्छन्, ‘टुरिजम र जलविद्युत्मा राज्यले वातावरण बनाइदिए त्यति पर्यटक भित्रन कुनै आइतबार कर्ुर्नु पर्दैनथ्यो, त्यसपछि घरघरै होटल खोले हुन्छ, १०-१५ हजार कमाउनका लागि नेपाली युवा विदेशिनुपर्ने छैन, सबै सम्पन्न बन्थे र मुलुकलाई समृद्ध तुल्याउन जनता आफैं अग्रसर हुन्थे ।’
आफू सबल र सक्षम नबनी किन विवाह गर्ने भन्दाभन्दै चार दशक उमेर पुगेपछि प्रेमविवाह गर्न पुगेका कुमार एक छोरा-एक छोरी र श्रीमतीका साथ सन्तोष र सुखको जीवन काटिरहेका छन्, तर एउटा व्यक्ति वा परिवार सुखी भएर हुँदैन सिङ्गो देश सुखी र सम्पन्न बन्नुपर्छ र त्यो हामी हामै्र कर्मबाट बनाउन सक्छौँ भन्ने भावबाट उनी ओतप्रोत छन् । काठमाडौं मात्र विकास गर्न खोज्दा यो झन् अस्तव्यस्त बन्न पुग्छ भन्ने मौलिक धारणा बोकेका कुमार सुरुङ माग र फास्ट ट्रयाकहरूको निर्माण गरेर अन्य सहरतिर पनि ध्यान दिनु आवश्यक रहेको नीति-निर्माताहरूलाई सुझाब दिन्छन् । हाम्रो जस्तो प्रकृति, प्राकृतिक स्रोत, कतिपय अलौकिक विशेषताहरू पटक्कै नभएका मुलुकहरूले समेत बेकामका कुराहरूलाई ‘हेर्न लायक’ तुल्याएर विश्वको ध्यान खिचेका छन् भने हामीचाहिँ पुरातात्विक र प्राकृतिक वस्तुहरूको अपार भण्डारको बेवास्ता गर्दै या रक्षा गर्न नसकी आफैंलाई गरिब तुल्याइरहेका छौँ, यो ठूलो विडम्बना हो- कुमारको ठहर छ ।
हो, पर्यटन/होटल व्यवसायी कुमार गिरीले सुझाएझैं राजनीतिक कुराहरूमा नअल्झिएर, दलीय, समूहगत या व्यक्तिगत स्वार्थबाट माथि उठेर, आर्थिक मुद्दाहरूलाई प्राथमिकता दिएर नेपाललाई पर्यटकीय महत्त्वको मुलुक तुल्याउने अभीष्टकासाथ अघि बढ्न केही वर्षका लागि मात्र भए पनि राजनीतिक नेतृत्व तत्पर भइदिए छिट्टै हामी नेपाली पनि सुन्दर, सुखी र समृद्ध मुलुकका नागरिकको परिचय बाँड्न सफल हुन्थ्यौँ कि ? -जयप्रकाश त्रिपाठी
प्रतिक्रिया