विद्या भण्डारी राष्ट्रपति निर्वाचित

विद्या भण्डारी राष्ट्रपति निर्वाचित


Bidhya 9काठमाडौं । राष्ट्रपति पदको लागि बुधबार भएको मतदानमा २ सय १४ मतविरुद्ध ३ सय २७ मत हासिल गरी एमाले नेतृ विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति निर्वाचित भएकी छिन्। गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बन्न सफल भण्डारीले नेपालको पहिलो महिला राष्ट्रपतिको इतिहास समेत बनाएकी छिन् । नेपाली कांग्रेसका पुराना तथा निष्कलंक नेता कुलबहादु गुरुङलाई पराजित गर्दै विद्याले यो इतिहास रचेकी हुन् । मधेसी मोर्चाले मतदान बहिष्कार गरे पनि भण्डारीको पक्षमा एमालेको १ सय ८४, एमाओवादीको ८२, राप्रपा नेपालको २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२ र साना दलका सांसदको मत परेको संसद सचिवालयले जनाएको छ ।

भद्र र शालिन स्वभावकी भण्डारी २०१८ साल असार ५ भोजपुरको मानेभञ्ज्याङमा जन्मिएकी हुन् । तत्कालीन नेकपा मालेका बहुचर्चित नेता मदन भण्डारीकी धर्मपत्नी विद्या विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिइन् । २०५४ सालमा एमालेको तर्फबाट सरकारमा वातावरण तथा जनसंख्या मन्त्रीको जिम्मेवारी समालेकी उनले ०६७ सालमा रक्षा मन्त्रालयको जिम्मेवारी कुशलताका साथ सम्हालेकी थिइन् ।