चीनको तेल शनिबार आइपुग्ने

चीनको तेल शनिबार आइपुग्ने


kerung naka
काठमाडौं । चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको १३ लाख लिटर इन्धन पर्सी शनिबार साँझसम्म केरुङ नाकामा आइपुग्ने बताइएको छ । ल्हासास्थित महावाणिज्य दूत हरि बस्याललाई उद्धृत गर्दै राससले जनाएअनुसार चीन सरकारबाट उपलब्ध गराउन लागिएको पेट्रोल जतिसक्दो चाँडो नेपाल पठाउन आग्रह गरेअनुसार चिनियाँ पक्षले शनिबार साँझसम्म् केरुङ पु¥याउन लागेको हो ।

नेपाल आयल निगम र पेट्रो चाइनाबीच चीनबाट इन्धन आयात गर्ने औपचारिक सहमति भएपछि इन्डियन आयल कर्पोरेसन (आइओसी)सँगको एकलौटी व्यापारको विकल्प पाएको हो । चीनबाट उपलब्ध हुने तेल लिन निगम र चिनियाँ दूतावासको टोली शुक्रबार केरुङतर्फ जाँदैछ । पहिलो लटमा उपलब्ध गराउने पेट्रोल लिन १२ हजार लिटर बोक्ने १२ वटा ट्याङ्कर केरुङ जाने निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो । उहाँका अनुसार शानिबार नै नेपाली ट्याङ्कर लोड हुनेछन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्वप्रसाद अर्यालका अनुसार १२ वटा ट्याङ्करले पहिलो लटमा एक लाख दुई हजार लिटर तेल ल्याउनेछ ।